+

जोकोभिचलाई हराउँदै सिनर विम्बल्डनको फाइनलमा

२०८३ असार  २६ गते २३:३१ २०८३ असार २६ गते २३:३१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • साविक विजेता यानिक सिनरले सात पटकका विजेता नोभाक जोकोभिचलाई सोझो सेटमा पराजित गर्दै विम्बल्डन टेनिसको फाइनलमा स्थान बनाएका छन् ।
  • सिनरले जोकोभिचलाई ६-४, ६-४ र ६-४ को सेटमा हराउँदै अस्ट्रेलियन ओपनको हारको बदला लिएका छन् ।
  • उपाधिका लागि अब सिनरले अलेक्जेन्डर जेभेरेभसँग प्रतिस्पर्धा गर्ने भएका छन् ।

२६ असार, काठमाडौं । साविक विजेता यानिक सिनर विम्बल्डन टेनिसको फाइनलमा प्रवेश गरेका छन् ।

शुक्रबार राति सम्पन्न सेमिफाइनलमा सात पटकका विजेता नोभाक जोकोभिचलाई सोझो सेटमा हराउँदै सिनर फाइनलमा पुगेका हुन् । सिनरले जोकोभिचलाई ६-४, ६-४ र ६-४ को सेटमा पराजित गरे ।

यसअघि यी दुई खेलाडी अस्ट्रेलियन ओपन टेनिसको सेमिफाइनलमा पनि भिडेका थिए जहाँ जोकोभिच विजयी भएका थिए । सिनरले उक्त हारको बदला समेत लिएका छन् ।

सिनरले आजको खेलमा तीनवटै सेटमा आफ्नो सर्भिसमा कुनै पनि गेम हारेनन् ।

सिनरले अब उपाधिका लागि अलेक्जेन्डर जेभेरेभसँग खेल्ने छन् ।

नोभाक जोकोभिच यानिक सिनर विम्बल्डन टेनिस

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय