+
फिफा विश्वकप २०२६ :

इंग्ल्यान्डसँगको खेलअघि नर्वेको जर्सी युरोपभरि ‘आउट अफ स्टक’

२०८३ असार  २६ गते ११:०५ २०८३ असार २६ गते ११:०५
Photo Credit : REUTERS

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फिफा विश्वकप २०२६ मा नर्वेको ऐतिहासिक प्रदर्शनपछि राष्ट्रिय टोलीको जर्सीको माग उच्च भएसँगै युरोपभरका बजारमा जर्सीको अभाव भएको छ।
  • नर्वे फुटबल संघका अनुसार यो वर्ष जर्सीको अर्डर गत वर्षको तुलनामा ५ गुणा बढेर २ लाख ५० हजार पुगेको छ।
  • पसलका प्रबन्धक आन्डर्स लिलेबेर्गले 'म धेरै वर्षदेखि यहाँ काम गरिरहेको छु, तर यस्तो माहोल पहिले कहिल्यै देखेको थिइनँ' भन्दै समर्थकको उत्साहलाई अविश्वसनीय बताएका छन्।

२६ असार, काठमाडौं । फिफा विश्वकप २०२६ मा नर्वेको ऐतिहासिक प्रदर्शनसँगै राष्ट्रिय टोलीको जर्सीको माग अप्रत्याशित रूपमा बढेको छ ।

इंग्ल्यान्डविरुद्धको क्वार्टरफाइनल खेलअघि युरोपभर आधिकारिक विक्रेतासँग नर्वेको जर्सी सकिएको छ भने समर्थकहरू रातभर लाइन बसेर जर्सी किन्न बाध्य भएका छन् ।

नर्वे फुटबल संघ (एनएफएफ) ले जर्सीको मागलाई निकै कम आँकेको स्वीकार गरेको छ । मार्चमा नयाँ जर्सी सार्वजनिक भएयता नाइकसहित अधिकांश आधिकारिक विक्रेतामा जर्सी लगातार बिक्री भएर सकिएको संघले जनाएको छ ।

स्टार स्ट्राइकर एर्लिङ हालान्डको उत्कृष्ट प्रदर्शन र ब्राजिलमाथिको ऐतिहासिक जितपछि जर्सीको माग झन् ह्वात्तै बढेको हो । नयाँ जर्सी बिक्रीमा आउनासाथ केही मिनेटमै सकिने अवस्था रहेको बताइएको छ ।

एनएफएफका व्यावसायिक निर्देशक रुनार पाहर आन्द्रेसेनका अनुसार यस वर्ष खुद्रा विक्रेताहरूले करिब दुई लाख ५० हजार जर्सी अर्डर गरेका छन् । गत वर्ष सोही अवधिमा यो संख्या करिब ५० हजार मात्र थियो ।

उनले समर्थकको माग अनुमानभन्दा निकै माथि पुगेको भन्दै विश्वकप चलिरहेको बेला उत्पादन उल्लेखनीय रूपमा बढाउन कठिन हुने बताए ।

ओस्लोस्थित प्रसिद्ध खेल सामग्री पसल टोर्सहोभ स्पोर्ट मा मंगलबार नयाँ जर्सी आइपुग्ने खबरसँगै बुधबार बिहानैदेखि सयौँ समर्थक लाइनमा बसेका थिए । स्थानीय सञ्चारमाध्यमका अनुसार लाइन करिब ६ सय मिटर लामो थियो। कतिपय समर्थकले १२ घण्टासम्म कुर्सी बोकेर पालो कुर्दै बसेका थिए ।

पसलका प्रबन्धक आन्डर्स लिलेबेर्गले आफूले यति उत्साह यसअघि कहिल्यै नदेखेको बताए । उनले भने, ‘म धेरै वर्षदेखि यहाँ काम गरिरहेको छु, तर यस्तो माहोल पहिले कहिल्यै देखेको थिइनँ। यो साँच्चिकै अविश्वसनीय छ ।’

हाल पसलले अर्को चरणमा आउने जर्सीका लागि नाम दर्ता गर्न थालेको छ । तर सबैले इंग्ल्यान्डविरुद्धको क्वार्टरफाइनलअघि जर्सी पाउने सुनिश्चितता भने छैन ।

जर्सीको अभावसँगै पुनःबिक्री बजारमा यसको मूल्य पनि आकासिएको छ । आधिकारिक रूपमा ८९.९९ पाउन्डमा बिक्री भएको घरेलु जर्सी अहिले केही पुनःबिक्री वेबसाइटमा ३५५ पाउन्डसम्म पुगेको छ । त्यस्तै अवे जर्सी २३१ पाउन्डभन्दा बढीमा बिक्री भइरहेको छ ।

एनएफएफका अनुसार राष्ट्रिय टोलीको जर्सी बिक्रीबाट यस वर्ष अहिलेसम्मकै सबैभन्दा धेरै आम्दानी भएको छ ।

नर्वेले यस विश्वकपमा इराक, सेनेगल, आइभरी कोस्ट र पाँच पटकको विश्वविजेता ब्राजिललाई पराजित गर्दै पहिलो पटक विश्वकपको क्वार्टरफाइनलमा स्थान बनाएको हो ।

अब नर्वेले आइतबार इंग्ल्यान्डसँग सेमिफाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछ ।

फिफा विश्वकप फिफा विश्वकप २०२६

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय