+
फिफा विश्वकप २०२६ :

बेल्जियमले फर्कायो बराबरी गोल

२०८३ असार  २७ गते १:३४ २०८३ असार २७ गते १:३४

अमेरिकाको लस एन्जलस स्टेडियममा जारी खेलमा एक गोलले पछि परेको ११ मिनेटपछि बेल्जियमले बराबरी गोल फर्काएको हो ।

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फिफा विश्वकप २०२६ को क्वार्टरफाइनल खेलमा बेल्जियमले स्पेनविरुद्ध एक गोल फर्काउँदै खेल बराबरीमा ल्याएको छ ।
  • खेलको ४१औं मिनेटमा चाल्र्स डे केटलेरले हेडरमार्फत गोल गर्दै बेल्जियमका लागि बराबरी गोल फर्काएका हुन् ।
  • त्यसअघि ३०औं मिनेटमा फेबियन रुइजले गोल गर्दै स्पेनलाई सुरुवाती अग्रता दिलाएका थिए ।

२७ असार, काठमाडौं । फिफा विश्वकप २०२६ को क्वार्टरफाइनल खेलमा बेल्जियमले स्पेनविरुद्ध बराबरी गोल फर्काएको छ ।

अमेरिकाको लस एन्जलस स्टेडियममा जारी खेलमा एक गोलले पछि परेको ११ मिनेटपछि बेल्जियमले बराबरी गोल फर्काएको हो ।

बेल्जियमका लागि चाल्र्स डे केटलेरले ४१औं मिनेटमा गोल गरे । टिमोथी कास्टाग्नेको असिस्टमा केटलेरले हेडरमार्फत गोल गरे ।

योसँगै स्पेनले जारी विश्वकपमा पहिलो गोल बेहोरेको छ ।

त्यसअघि खेलको ३०औं मिनेटमा फेबियन रुइजले गोल गर्दै स्पेनलाई अग्रता दिलाएका थिए ।

पहिलो हाफको खेल सकिँदा दुवै टोली १–१ को बराबरीमा छन् ।

फिफा विश्वकप २०२६

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय