+
फिफा विश्वकप २०२६ :

हामीले फ्रान्सलाई हराउन सक्छौँ भनेर सोच्नु स्वाभाविक र न्यायसंगत नै होः स्पेनी प्रशिक्षक

२०८३ असार  २७ गते ३:१७ २०८३ असार २७ गते ३:१७

बेल्जियमलाई हराउँदै सेमिफाइनलमा पुगेपछि प्रशिक्षक फुएन्तेले फ्रान्ससँगको खेलका लागि कडा मिहिनेत गर्ने बताएका हुन् ।

News Summary

Generated by OK AI. Editorially reviewed.
  • स्पेनका प्रशिक्षक लुइस डे ला फुएन्तेले फ्रान्सलाई हराउन सक्छौँ भनी सोच्नु स्वाभाविक र न्यायसंगत भएको बताएका छन् ।
  • फिफा विश्वकप २०२६ को सेमिफाइनलमा स्पेन र फ्रान्सबीच प्रतिस्पर्धा हुने निश्चित भएको छ ।
  • प्रशिक्षक फुएन्तेले आफ्ना खेलाडीहरूको प्रतिबद्धता र सुधार गर्ने चाहनाप्रति गर्व महसुस गरेको उल्लेख गरेका छन् ।

२७ असार, काठमाडौं । स्पेनी प्रशिक्षक लुइस डे ला फुएन्तेले फ्रान्सलाई हराउन सक्छौँ भनेर सोच्नु स्वाभाविक र न्यायसंगत भएको बताएका छन् ।

बेल्जियमलाई हराउँदै सेमिफाइनलमा पुगेपछि प्रशिक्षक फुएन्तेले फ्रान्ससँगको खेलका लागि कडा मिहिनेत गर्ने बताएका हुन् ।

फिफा विश्वकप २०२६ को फाइनल प्रवेशका लागि स्पेन र फ्रान्स खेल्नेछन् ।

‘हामीले फ्रान्सलाई हराउन सक्छौँ भनेर सोच्नु स्वाभाविक र न्यायसंगत नै हो । हामी यसका लागि कडा मिहिनेत गर्नेछौँ,’ उनले भने, ‘उनीहरूलाई दुई पटकसम्म पराजित गर्न सफल हुने हामी एक मात्र टोली हौँ । अब एउटा उत्कृष्ट टोलीले अर्काे उत्कृष्ट टोलीको सामना गर्दैछ ।’

बेल्जियमलाई हराएपछि उनले यो टोलीको विशेषता भएको बताए । ‘यो टोलीको विशेषता हो । यति प्रतिबद्ध र सुधारका लागि सधैँ लालायित टोलीलाई प्रशिक्षण दिन पाउनु मेरो लागि गर्वको कुरा हो,’ उनले भने ।

फिफा विश्वकप फिफा विश्वकप २०२६

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय