२७ असार, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को मोनिटरिङका लागि तीन सदस्यीय मोनिटरिङ कमिटी गठन गरेको छ ।
क्यानको केही दिनअघि बसेको बोर्ड बैठकले उपाध्यक्ष रोशन सिंहको नेतृत्वमा मोनिटरिङ कमिटी गठन गरेको हो ।
उक्त कमिटीको सदस्यमा केन्द्रीय सदस्यद्वय प्रदीप मजगैंया र धीरेन्द्र साउँद छन् । क्यान बोर्ड बैठकले कमिटीलाई तेस्रो संस्करणको एनपीएलको अनुगमन तथा मुल्यांकन गर्ने जिम्मा प्रदान गरेको हो ।
‘एनपीएलका यसअघिका संस्करणमा केही समस्या आएका कारण यसपटक समग्र एनपीएलको अनुगमन तथा मुल्यांकन गर्ने गरी कमिटी गठन गरिएको छ,’ क्यानका एक सदस्यले भने ।
अघिल्ला दुई संस्करणमा आर्थिक पार्दशितताको विषयलाई लिएर विवाद सिर्जना भएको थियो । उक्त विषयमा उजुरी पर्दा शिक्षा तथा खेलकुद मन्त्रालयले छानविनसमेत अगाडि बढाएको थियो ।
प्रतिक्रिया 4