+
फिफा विश्वकप २०२६ :

बेलिंघमको दुई गोलमा नर्वेलाई हराउँदै इंग्ल्यान्ड सेमिफाइनलमा प्रवेश

२०८३ असार  २८ गते ५:३८ २०८३ असार २८ गते ५:३८

मियामी स्टेडियममा आइतबार बिहान भएको खेलमा नर्वेलाई २–१ ले पराजित गर्दै इंग्ल्यान्ड ८ वर्षपछि सेमिफाइनलमा प्रवेश गरेको हो ।

News Summary

Generated by OK AI. Editorially reviewed.
  • इंग्ल्यान्ड फिफा विश्वकप २०२६ को सेमिफाइनलमा प्रवेश गरेको छ ।
  • आइतबार बिहान भएको खेलमा नर्वेलाई २–१ ले पराजित गर्दै इंग्ल्यान्डले आठ वर्षपछि सेमिफाइनलमा स्थान पक्का गरेको हो ।
  • खेलमा जेड बेलिंघमले दुई गोल गर्दै इंग्ल्यान्डको जित सुनिश्चित गरेका थिए ।

२८ असार, काठमाडौं । जुड बेलिंघमकाे दुई गोल मद्दतमा नर्वेमाथि पुनरागमन जित निकाल्दै इंग्ल्यान्ड फिफा विश्वकप २०२६ को सेमिफाइनलमा प्रवेश गरेको छ ।

मियामी स्टेडियममा आइतबार बिहान भएको खेलमा नर्वेलाई २–१ ले पराजित गर्दै इंग्ल्यान्ड ८ वर्षपछि सेमिफाइनलमा प्रवेश गरेको हो ।

पहिलो पटक क्वार्टरफाइनलमा पुगेको नर्वेले सुरुआती अग्रता जोगाउन नसक्दा प्रतियोगिताबाट बाहिरिन पुग्यो ।

खेलको ३६औं मिनेटमा एन्ड्रियास स्केल्डरअपले गोल गर्दै नर्वेलाई अग्रता दिलाएका थिए । नर्वेले त्यसलाई जोगाउन सकेन । त्यसको ११ मिनेटपछि पहिलो हाफको इन्जुरी समयमा इंग्ल्यान्डका जुड बेलिंघमले बराबरी गोल फर्काए ।

दोस्रो हाफमा दुवैतर्फबाट गोल हुन सकेन र खेल अतिरिक्त समयमा धकेलियो । अतिरिक्त समयको तेस्रो मिनेटमा बेलिंघमले व्यक्तिगत दोस्रो गोल गर्दै इंग्ल्यान्डलाई अग्रता दिलाए ।

त्यसपछि दुवैतर्फबाट गोल हुन सकेन र इंग्ल्यान्डले सेमिफाइनलमा स्थान पक्का गर्‍यो ।

इंग्ल्यान्ड अब फाइनल प्रवेशका लागि अर्जेन्टिना र स्विट्जरल्यान्ड बीचको विजेतासँग खेल्नेछ ।

इंग्ल्यान्ड विश्वकप इतिहासमा चौथोपटक सेमिफाइनलमा पुगेको हो । सन् १९६६ मा च्याम्पियन बनेको इंग्ल्यान्ड सन् १९९० र २०१८ मा सेमिफाइनलसम्मको यात्रा तय गरेको थियो । सन् २०२२ मा भने क्वार्टरफाइनलमा रोकिएको थियो ।

खेलपछि इंग्ल्यान्डका प्रशिक्षक थोमस टुचेलले आज आफूहरु भाग्यमानी भएको बताएका छन् । उनले टोलीको प्रदर्शनबाट खुसी नभएको उल्लेख गरे ।

यो खेलमा दुई गोल गरेका जुड बेलिंघमको उच्च मनोबल र दृढताले टोलीलाई सेमिफाइनलमा पुर्‍याएको सुनाए । उनले भने, ‘खेलमा हाम्रा योजनाहरूले काम नगर्दा पनि हामीले आफ्नो तर्फबाट सबै थोक दियौं। मलाई टोलीप्रति निकै गर्व छ। यो जित सबैको हो। यसमा सम्पूर्ण देशको जित भएको छ ।’

फिफा विश्वकप फिफा विश्वकप २०२६

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय