+
+
Shares

कीर्तिपुर होल्डिङ सेन्टरबाट माजिद अन्सारीको गिरफ्तारीप्रति ‘जेन जेड मुभमेन्ट एलाइन्स’को आपत्ति

अनलाइनखबर अनलाइनखबर
२०८३ असार २८ गते ९:३०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जेन जेड मुभमेन्ट एलाइन्सले कीर्तिपुर होल्डिङ सेन्टरमा सुकुमवासीलाई भेट्न गएका स्वयंसेवकमाथि भएको प्रहरी दमन र गिरफ्तारीप्रति आपत्ति जनाएको छ ।
  • एलाइन्सले प्रहरीले पक्राउ पुर्जीबिना नै आफ्ना प्रतिनिधि माजिद अन्सारीलगायतका व्यक्तिहरूमाथि कुटपिट तथा अभद्र व्यवहार गरेको आरोप लगाएको छ ।
  • पक्राउ परेका सबैलाई बिनाशर्त रिहा गर्न, दोषी प्रहरीमाथि कारबाही गर्न र विस्थापित परिवारलाई आधारभूत सुविधा उपलब्ध गराउन एलाइन्सले माग गरेको छ ।

२८ असार, काठमाडौं । ‘जेन जेड मुभमेन्ट एलाइन्स’ले सुकुमवासीलाई राखिएको कीर्तिपुर होल्डिङ सेन्टरमा प्रभावित नागरिकहरूलाई भेट्न गएका युवा तथा स्वयंसेवकमाथि भएको प्रहरी दमन र गिरफ्तारीप्रति आपत्ति जनाएको छ ।

एलाइन्सले विज्ञप्ति निकालेर प्रहरी दमन र गिरफ्तारीप्रति आपत्ती जनाएको हो । कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा राखिएका सुकुमवासीहरुको अवस्था बुझ्न पुगेका एलाइन्सका प्रतिनिधि माजिद अन्सारीलगायतका व्यक्तिहरूमाथि प्रहरीले अभद्र व्यवहार गर्दै कुटपिट गरेको र स्पष्ट कानुनी आधार वा पक्राउ पुर्जीबिना नै नियन्त्रणमा लिएको विज्ञप्तिमा उल्लेख छ ।

नागरिकको अवस्था अनुगमन गर्नु र मानवीय सहयोग पुर्‍याउनु अपराध नभएको उल्लेख गर्दै, यस घटनालाई लोकतान्त्रिक मूल्यमान्यता र मानवअधिकारमाथिको प्रहार भनेको छ । ‘नागरिकको सुरक्षा र अधिकार संरक्षण गर्ने जिम्मेवारी बोकेको प्रहरी संगठन आफैं दमनमा उत्रिनु अत्यन्त चिन्ताजनक र निन्दनीय कार्य हो,’ विज्ञप्तिमा लेखिएको छ ।

एलाइन्सले माजिद अन्सारीसहित पक्राउ परेका सबैलाई बिना शर्त तत्काल रिहा गर्न, घटनाको निष्पक्ष छानबिन गरी दोषी प्रहरी कर्मचारीमाथि कारबाही गर्न, भेला हुन, प्रदर्शन गर्न र मानवीय सहायता पुर्‍याउन पाउने अधिकारको सम्मान गर्न र विस्थापित परिवारहरूलाई सुरक्षित आवास, खाद्य, स्वास्थ्य र सरसफाइको तत्काल व्यवस्था गर्न माग गरेको छ ।

साथै जबरजस्ती उठाउने र बल प्रयोग गर्ने नीतिको अन्त्य गर्दै सरोकारवालासँग संवाद गरी न्यायपूर्ण समाधान खोज्नुपर्ने पनि एलाइन्सको माग छ ।

जेन जेड मुभमेन्ट एलाइन्सले यस घटनाको निरन्तर निगरानी गर्ने र न्याय तथा जवाफदेहिताका लागि आवाज उठाइरहने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?