News Summary
Generated by OK AI. Editorially reviewed.- कीर्तिपुर होल्डिङ सेन्टरका सुकुमवासीले सरकारले राहत रकम उपलब्ध गराउन बैंक खाता खोल्न गरेको आग्रहलाई अस्वीकार गरेका छन् ।
- सरकारको योजनाअनुसार एकमुष्ट २५ हजार र पछि १५ हजार रुपैयाँ उपलब्ध गराउन प्रभु बैंकको टोली खाता खोल्न त्यहाँ पुगेको थियो ।
- सुकुमवासीले सरकारले दिने राहतको साटो दीर्घकालीन रूपमा व्यवस्थापन गरेर स्थायी प्रबन्ध मिलाउनुपर्ने माग गरेका छन् ।
२१ जेठ, काठमाडौं । कीर्तिपुर होल्डिङ सेन्टरका सुकुमवासीले सरकारले भनेअनुसार बैंक खाता खोल्न अस्वीकार गरेका छन् ।
सरकारले घोषणा गरेअनुसार एकमुष्ट २५ हजार र पछि १५ हजार रुपैयाँ रकम उपलब्ध गराउने योजनाअनुरूप खाता खोल्न भनिए पनि उनीहरूले त्यो अस्वीकार गरेका हुन् ।
कीर्तिपुर होल्डिङ सेन्टरमा रहेका सुकुमवासी राजकुमार माझीका अनुसार बुधबार सरकारको तर्फबाट भन्दै प्रभु बैंकको टोली खाता खोलाउन कीर्तिपुर होल्डिङ सेन्टर पुगेको थियो । सरकारले दिने सुविधा त्यसमा उपलब्ध हुने भन्दै खाता खोल्न कागजात दिएर सहयोग गर्न बैंकको टोलीले अनुरोध गरेको थियो ।
‘प्रभु बैंकका मान्छेले, सरकारले पठाएको हो । तपाईंहरू आफ्नो कागजात दिनुस् हामी आफैं भरिदिन्छौ भने,’ माझीले अनलाइनखबरसग भने, ‘तर, हामी सबैले अस्वीकार गर्यौं।’
आफूहरूले सरकारले देखाएको जालोमा नफस्ने भन्दै खाता खोल्न नमानेको माझीले बताए । यसको साटो सरकारले दीर्घकालीन रूपमा व्यवस्थापन गरेर स्थायी प्रबन्ध मिलाउनुपर्ने उनीहरूको माग छ।
महानगर प्रहरी प्रमुख विष्णु जोशीले पनि सुकुमवासीले खाता खोल्न अस्वीकार गरेको पुष्टि गरे ।
‘खाता खोल्न बैंकका कर्मचारी जानुभएको थियो। तर कसैले सहयोग गर्नुभएन। सरकारले जालझेल गर्न खोज्यो, यतिमै अल्झाउने भयो भन्दै खाता खोलिदिनुभएन,’ जोशीले भने ।
प्रतिक्रिया 4