+
+
Shares

अरू राजनीतिक ढोका खोल्न आउँथे, म समृद्धिको ढोका खोल्न भारत आएँ : रवि

उनले भारतसँगमा आफ्ना व्यक्तिगत वा पार्टीगत माग केही नरहेको उल्लेख गर्दै सबै मुद्दा नेपाल र नेपालीको उन्नतिमा मात्र केन्द्रित रहेको उल्लेख गरे ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ २१ गते १८:४९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेपालको आर्थिक समृद्धि र विकासको ढोका खोल्ने एजेन्डासहित नयाँ दिल्ली आएको बताएका छन् ।
  • उनले भने, "नयाँ दिल्लीमा राजनीतिक ढोका खोल्न त धेरै आए, तर यसपटक म समृद्धिको ढोका खोल्न आएको हुँ।"
  • प्रवासी नेपाली सम्पर्क मञ्चको कार्यक्रमलाई सम्बोधन गरेपछि सभापति लामिछाने नयाँ दिल्लीबाट अयोध्या भ्रमणका लागि प्रस्थान गरेका छन् ।

२१ जेठ, काठमाडौं । भारत भ्रमणमा रहेका रास्वपाका सभापति रवि लामिछानेले आफू राजनीतिक एजेन्डामा भन्दा पनि नेपालको आर्थिक समृद्धि र विकासको ढोका खोल्ने विशेष एजेन्डासहित नयाँ दिल्ली आएको बताएका छन् ।

प्रवासी नेपाली सम्पर्क मञ्च भारतद्वारा नयाँ दिल्लीमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै सभापति लामिछानेले नेपालको उन्नति नै आफ्नो भ्रमणको एकमात्र उद्देश्य रहेको प्रस्ट पार्नुभयो।

सम्बोधनका क्रममा उनले भने,’ अब हामी सम्मानित मात्र भएर पुग्दैन, समृद्ध पनि हुनुपर्नेछ। नयाँ दिल्लीमा राजनीतिक ढोका खोल्न त धेरै आए, तर यसपटक म समृद्धिको ढोका खोल्न आएको हुँ। समृद्ध नेपालको सपनामा सहकार्य गर्ने एजेन्डा बोकेर म यहाँ आएको छु।’

उनले भारतसँगमा आफ्ना व्यक्तिगत वा पार्टीगत माग केही नरहेको उल्लेख गर्दै सबै मुद्दा नेपाल र नेपालीको उन्नतिमा मात्र केन्द्रित रहेको उल्लेख गरे

भाजपाको निमन्त्रणामा पाएको सद्भाव र सम्मान व्यक्तिगत नभएर सम्पूर्ण नेपाली र भारतमा रहेका प्रवासीहरूको भएको उनले बताए ।

विगत १०-१२ वर्षमा भारतले विकास र समृद्धिमा मारेको फड्कोलाई नजिकबाट नियालिरहेको बताउँदै उनले अब नेपाल पनि सँगसँगै यात्रा गर्ने खाकासहित कूटनीतिक च्यानलहरूलाई सक्रिय बनाउन लागिपरेको दाबी गरे ।

आफूले पनि जीवनका सुनौला वर्षहरू प्रवासमा बिताएकाले परदेशिनुको पीडा राम्रोसँग बुझेको स्मरण गर्दै लामिछानेले रास्वपा यसपटक प्रवासी नेपालीका समस्या समाधानको ‘मलम’ सहित आएको बताए ।

स्वदेशमै रोजगारी, शिक्षा र स्वास्थ्यको भरपर्दो व्यवस्था गरी नेपालीहरूलाई मातृभूमि फर्कने वातावरण बनाउन सरकार प्रतिबद्ध रहेको उनको भनाइ थियो।

रास्वपाले मुलुकमा राजनीतिक भागबन्डाको युग अन्त्य गर्ने कसम खाएको चर्चा गरे ।

‘हामी भागबन्डा गर्न होइन, नेपालीको भाग्य परिवर्तन गर्न आएका हौँ। बाटो सजिलो छैन, तर असम्भव पनि छैन’ उनले भने । प्रवासी नेपालीहरूलाई आफ्नो सीप र पुँजी देशको लगानीमा उपयोग गर्न आग्रह गर्दै मुलुक परिवर्तनको यात्रामा आफैँ विकल्प बन्न आह्वान समेत गरे ।

समारोहमा एभरेस्ट चेम्बर अफ कमर्सका प्रतिनिधिहरूले सभापति लामिछानेलाई प्रवासी नेपालीका समस्या र सरोकारका विषय समेटिएको ज्ञापनपत्र समेत बुझाएका थिए। दिल्लीको कार्यक्रम पछि लामिछाने अयोध्या भ्रमणका लागि गएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?