+
+
Shares

नेपाल-भारतबीचका विषयको लिस्ट बनाऔं, टाइमलाइन दिएर काम गरौँ : नरेन्द्र मोदी

भारत भ्रमणमा रहेका सत्तारुढ रास्वपाका सभापति रवि लामिछानेसँगको भेटमा मोदीले दुई देशबीचका विषयलाई प्राथमिकता दिएर काम गर्न प्रतिवद्ध रहेको जनाएका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ २० गते १९:१७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल र भारतबीचका विषयहरूको सूची तयार पारेर प्राथमिकताका साथ काम गर्न आफू तयार रहेको बताएका छन्।
  • भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने नेतृत्वको टोलीसँगको भेटमा भारतीय प्रधानमन्त्री मोदीले सो प्रतिबद्धता जनाएका हुन् ।
  • पाँचदिने भ्रमणका लागि १८ जेठमा भारत गएका सभापति लामिछानेले त्यहाँका गृहमन्त्री र परराष्ट्रमन्त्रीसँग पनि भेटवार्ता गरेका थिए ।

२० जेठ, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल-भारतबीचका विभिन्न विषयको सूची तयार पारेर काम गर्न आफू तयार रहेको बताएका छन् । भारत भ्रमणमा रहेका सत्तारुढ रास्वपाका सभापति रवि लामिछानेसँगको भेटमा मोदीले दुई देशबीचका विषयलाई प्राथमिकता दिएर काम गर्न प्रतिवद्ध रहेको जनाएका हुन् ।

‘आज पार्टी सभापतिसहित हामीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट्यौं । हिजो भारतका गृहमन्त्री, परराष्ट्रमन्त्री भेट्यौँ । भाजपाको निमन्त्रणमामा रास्वपाका सभापतिसहित हामी भारत आएका हौं,’ मोदीलाई उदृत गर्दैं रास्वपा विदेश विभाग प्रमुख दीपक बोहोराले  भने, ‘छलफलमा नेपाल भारतसँग भएका विषयहरूको लिस्ट बनाऔं, त्यसको प्राथमिकता दिऔं टाइमलाइन दिऔं । हामी काम गरौँ हामी काम गर्छौं भनेर प्रधानमन्त्रीले प्रतिवद्धता जनाउनु भयो ।’

रास्वपा सभापति ५ दिने भ्रमणको क्रममा भारतमा छन् । जेठ १८ गते भारत प्रस्थान गरेका लामिछाने नेतृत्वको भ्रमण टोलीमा उनकी पत्नी निकिता पौडेल, पार्टीका सहमहामन्त्री विपिन आचार्य, विदेश विभाग प्रमुखसमेत रहेका सचिवालय सदस्य बोहोरा र प्रदीप आचार्य छन्।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?