News Summary
Generated by OK AI. Editorially reviewed.- केन्द्रीय कारागार सुन्धाराबाट फरार भएका धादिङका ३० वर्षीय अनिल गुरुङलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको छ ।
- मुद्रा सम्बन्धी कसुरमा दुई वर्ष कैद सजाय तोकिएका गुरुङ जेनजी आन्दोलनको समयमा कारागारबाट फरार भएका थिए ।
- पक्राउ परेका गुरुङलाई आवश्यक कारबाहीका लागि पुनः सुन्धारा कारागार पठाइएको छ ।
२० जेठ, काठमाडौं । केन्द्रीय कारागार सुन्धाराबाट फरार भएका एक कैदी पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा धादिङको गंगाजमुना गाउँपालिका–५ का ३० वर्षीय अनिल गुरुङ छन् ।
उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । उनी मुद्रा सम्बन्धी कसुरमा २ वर्ष कैद सजाय तोकिएका व्यक्ति हुन् ।
उनी जेनजी आन्दोलनको बेला कारागारबाट फरार भएका थिए । पक्राउ परेका उनलाई सुन्धारा कारागार पठाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4