+
+
Shares

कीर्तिपुरको होल्डिङ सेन्टरमा बाढी पस्दा सुकुमवासीको विचल्ली

अविरल वर्षापछि आएको बाढीले कीर्तिपुरस्थित होल्डिङ सेन्टर डुबाउँदा त्यहाँ बस्दै आएका सुकुमवासी विस्थापित भएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार २७ गते २:१९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अविरल वर्षाका कारण कीर्तिपुरस्थित होल्डिङ सेन्टर डुबानमा पर्दा त्यहाँ आश्रित सुकुमवासीहरू विस्थापित भएका छन्।
  • बाढीको पानीले होल्डिङ सेन्टर जलमग्न बनाएपछि स्थानीय बासिन्दा ज्यान जोगाउन कीर्तिपुरको मुख्य सडकमा निस्किएका छन्।
  • सुरक्षाकर्मीहरू डुङ्गासहित घटनास्थलमा पुगेर उद्धार कार्य गरिरहेको राजकुमार माझीले बताए।

२७ असार, काठमाडौं । अविरल वर्षापछि कीर्तिपुरस्थित बागमती नदीमा आएको बाढीले होल्डिङ सेन्टर डुबाउँदा त्यहाँ बस्दै आएका सुकुमवासी विचल्लीमा परेका छन् ।

बाढीको पानी होल्डिङ सेन्टरमा पसेपछि उनीहरू ज्यान जोगाउन कीर्तिपुरको मुख्य सडकमा निस्किएका छन् । घटनास्थलमा सुरक्षाकर्मी डुङ्गासहित पुगेर उद्धार कार्य गरिरहेका छन् ।

होल्डिङ सेन्टरमा बस्दै आएका राजकुमार माझीका अनुसार करिब एक–डेढ घण्टादेखि बाढीको पानी पसेर पूरा क्षेत्र जलमग्न भएको छ ।

‘एक–डेढ घण्टादेखि पानी पसेर होल्डिङ सेन्टर डुबेको छ । घुँडाभन्दा माथिसम्म पानी भइसकेको छ। हामी त सुतिरहेका थियौं, सबै जलमग्न भएपछि मात्रै थाहा पायौं। बाढी आउँदैछ भनेर पनि कसैले पहिले नै सचेत गराएर बाहिर निस्किन भनेन । अहिले सुरक्षाकर्मीहरू डुङ्गासहित आएका छन्। हामी अहिले कीर्तिपुरको मुख्य सडकमा निस्किएका छौं’ माझीले भने ।

सरकारले यस्तै बाढीबाट जोगाउन भन्दै नदी किनारका सुकुमवासी बस्ती भत्काएर उनीहरूलाई होल्डिङ सेन्टरमा राख्दै आएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?