+
+
Shares

बाजुरामा इन्टरनेट र टेलिफोन सेवा अवरुद्ध

दिनभर सेवा अवरुद्ध हुँदा जिल्लामा सञ्चार सेवासँगै विभिन्न कार्यालयका कामकाज, अनलाइन सेवा प्रवाह तथा सञ्चारसम्बन्धी गतिविधि प्रभावित भएका थिए ।

रासस रासस
२०८३ कात्तिक १२ गते २१:०४

१२ कात्तिक, बाजुरा । बाजुरामा आज बिहानदेखि इन्टरनेट र टेलीफोन सेवा अवरुद्ध बनेको छ ।

नेपाल दूरसञ्चार कार्यालय बाजुराका प्रमुख इश्वर सिंहले साँफे–मार्तडी खण्डको नुनेपानीमा बिहीबार तार काटिएपछि सेवा अवरुद्ध भएको बताए ।

उच्च गतिको फाइबर इन्टरनेटको तार काटेपछि जिल्लामा इन्टरनेट र टेलीफोन सेवा अवरुद्ध भएको उनले बताए । अहिले मर्मतका लागि प्राविधिक टोली खटिएको छ ।

यस्तै, अवरुद्ध लाइन मर्मतमा केही समय लाग्ने भएपछि सदरमुकाम मार्तडीमा खप्तड छेडेदहको आटिचौरबाट लाइन जडान गरेपछि आंशिक रुपमा सेवा सञ्चालन गरिएको कार्यालय प्रमुख सिंहले जानकारी दिए ।

दिनभर सेवा अवरुद्ध हुँदा जिल्लामा सञ्चार सेवासँगै विभिन्न कार्यालयका कामकाज, अनलाइन सेवा प्रवाह तथा सञ्चारसम्बन्धी गतिविधि प्रभावित भएका थिए ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?