+
+
Shares

इन्टरनेटमा भाइरल ‘मेलि-मोदी’ भेट : मोदीले मेलोनीलाई दिए मेलोडी चकलेट

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ ७ गते ६:२२

७ जेठ, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको इटली भ्रमणका क्रममा इटालियन प्रधानमन्त्री जर्जिया मेलोनीको एउटा भिडियो र अभिव्यक्ति अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ।

संयुक्त पत्रकार सम्मेलनका क्रममा मेलोनीले नेपाल-भारत सम्बन्धको भावनालाई व्यक्त गर्न हिन्दी शब्द ‘परिश्रम’ को प्रयोग गरेर उपस्थित सबैलाई आश्चर्यचकित पारेकी छिन्।

मेलोनीले भनिन्, ‘एउटा भारतीय शब्द छ जसले यसलाई धेरै राम्रोसँग व्याख्या गर्छ, त्यो हो -परिश्रम। परिश्रम, जसको अर्थ हो कडा मिहिनेत र निरन्तर प्रतिबद्धता। यो शब्द भारतमा धेरै प्रयोग गरिन्छ र एउटा चर्चित भनाइ छ- ‘परिश्रम नै सफलताको कुञ्जी हो’।’

उनले यसको अंग्रेजीमा अनुवाद गर्दै कडा मेहनत नै सफलताको साँचो भएको र दुई देशको सम्बन्धलाई पनि त्यही मिहिनेत र प्रतिबद्धताका साथ अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरिन्।

प्रधानमन्त्री मोदीको भ्रमणले द्विपक्षीय सम्बन्धमा नयाँ अध्यायको सुरुवात गरेको भन्दै उनले भविष्यमा यी सम्बन्धहरूलाई थप गहिरो बनाउन दुवै देशले काम गर्ने बताएकी छिन्।

भ्रमणको एउटा रमाइलो पक्ष भने ‘मेलि-मोदी’ को नाममा अनलाइनमा चर्चित रहेको जोडीको क्षण रह्यो। प्रधानमन्त्री मोदीले मेलोनीका लागि उपहारस्वरुप भारतको लोकप्रिय चकलेट ‘पार्लेको मेलोडी’ बोकेर लगेका थिए।

मेलोनीले आफ्ना सामाजिक सञ्जाल खाताहरूमा उक्त क्षणको भिडियो साझा गर्दै उपहारका लागि धन्यवाद दिएकी छिन्।

भिडियोमा दुवै नेताहरू मेलोडी चकलेट लिएर हाँसिरहेको देख्न सकिन्छ। मेलोनीले ‘प्रधानमन्त्री मोदीले धेरै नै राम्रो टफी उपहार ल्याउनुभएको छ’ भन्दा मोदीले ठट्टा गर्दै ‘मेलोडी’ भनेर जवाफ दिएका थिए।

‘मेलि-मोदी’ को यो ट्रेन्ड सन् २०२५ को जी-७ शिखर सम्मेलनबाट सुरु भएको थियो । जसमा मेलोनी आफैँले दुई नेताको सेल्फी भिडियोमा ‘हेलो, फ्रम द मेलि-मोदी टिम’ भनी क्याप्सन राखेकी थिइन्।

मङ्गलबार राति रोम आइपुगेका प्रधानमन्त्री मोदी पाँच देशको भ्रमणको अन्तिम चरणमा छन् र त्यहाँ उनलाई औपचारिक सैनिक सम्मानसहित स्वागत गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?