+
+
Shares

कञ्चनपुरमा भारतीय गाडीको ठक्करबाट साइकलयात्रीको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत ८ गते ९:४३

८ चैत, धनगढी । कञ्चनपुरको भिमदत्त नगरपालिका–५ बनगाउँमा शनिबार साँझ भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको युके ०६ बीएन २८२९ नम्बरको भारतीय कारले ठक्कर दिँदा सोही ठाउँका ६५ वर्षीय साइकलयात्री मोहन शाही गम्भीर घाइते भएका थिए । उनको महाकाली प्रादेशिक अस्पताल, महेन्द्रनगरमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा संलग्न कार र चालक भारतको रुद्रपुर बस्ने ४० वर्षीय राजेश कुमारलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?