+
+
Shares

सुदूरपश्चिमका मुख्यमन्त्रीलाई घुस लिएको आरोप लगाउने अधिकृत पक्राउ

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहमाथि घुस मागेकाे आराेप लगाउने वरिष्ठ डिभिजन वन अधिकृत कृष्णदत्त भट्ट पक्राउ परेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत २ गते १३:२७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहमाथि घुस माग्ने आराेपमा वरिष्ठ डिभिजन वन अधिकृत कृष्णदत्त भट्ट पक्राउ परेका छन्।
  • जिल्ला प्रहरी कार्यालय कैलालीकाे टाेलीले उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयबाट भट्टलाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सिनाले पुष्टि गरे।
  • मुख्यमन्त्री शाहका स्वकीय सचिव प्रयागराज खनालले विद्युतीय अपराधसम्बन्धि जाहेरी दिएका थिए र सोही आधारमा भट्टलाई हिरासतमा राखिएको छ।

२ चैत, धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहमाथि घुस मागेकाे आराेप लगाउने वरिष्ठ डिभिजन वन अधिकृत कृष्णदत्त भट्ट पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीकाे टाेलीले भट्टलाई उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयबाट केहीबेर अघि पक्राउ गरेको हाे ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) याेगेन्द्र तिमिल्सिनाले भट्टलाई पक्राउ गरिएको पुष्टि गरे ।

भट्टविरुद्ध मुख्यमन्त्री शाहका स्वकीय सचिव प्रयागराज खनालले विद्युतीय अपराधसम्बन्धि जाहेरी दिएका थिए । साेही जाहेरीका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ ।

उनकाअनुसार भट्टलाई जिल्ला प्रहरी कार्यालयकाे हिरासतमा राखिएको छ । भट्टले मुख्यमन्त्रीमाथि घुस मागेकाे आराेपपछि उद्योग मन्त्रालयले उनलाई स्पष्टीकरण साेधेकाे थियाे । स्पष्टीकरण बुझाउन मन्त्रालय पुगेका बेला उनलाई प्रहरीले नियन्त्रणमा लिएकाे हाे ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?