+
+
Shares

डोटीमा प्रहरी जवान मृत भेटिए

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज १८ गते ११:३७

१८ असोज, धनगढी । डोटीमा एक जना प्रहरी जवान मृत भेटिएका छन् । शिखर नगरपालिका–८ तिलताली घर भएका ट्राफिक प्रहरी जवान शंकर बलायर गोपघाटस्थित सडकमा मृत भेटिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।

जिल्ला ट्राफीक प्रहरी कार्यालय रौतहटमा कार्यरत रहेका बलायर दसैँ मनाउन बिदा लिएर गत ७ असोजमा घर आएका थिए ।

गोपघाटस्थित सडक छेउमा मृत भेटिएका बलायरको टाउकोमा चोट लागेको देखिएको छ ।

गएराति मृत भेटिएका बलायरको घटनास्थल सिल गरेर प्रहरीले अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?