६ माघ, बैतडी । बैतडीमा नेपाली कांग्रेस ८ वर्षपछि प्रत्यक्ष जनतामाझ जाने भएको छ ।
२०७४ सालमा नरबहादुरचन्द रुख चिह्नबाट चुनाव लडेका थिए । त्यसको ८ वर्षपछि नेपाली कांग्रेसका जिल्ला सभापति एवं नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुर बहादुर चन्दले टिकट पाएका हुन् ।
२०७९ मा तत्कालीन नेकपा माओवादी केन्द्रसँग गठबन्धन गरेकोमा माओवादी केन्द्रका नरेन्द्र कुवँरका लागि कांग्रेसले भोट मागेको थियो ।
हिजो बसेको कांग्रेस संसदीय बोर्डको बैठकले चन्दलाई बैतडीबाट आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार बनाउने निर्णय गरेको छ ।
बैतडीमा नेकपा एमालेका दामोदर भण्डारी र नेपाली कम्युनिस्ट पार्टीका परमानन्द भट्ट उम्मेदवार छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4