
जिल्ला प्रहरी कार्यालय बझाङको भवन
३० भदौ, धनगढी । बझाङ कारागारबाट भागेका एक कैदी भिरबाट हामफाल्दा गम्भीर घाइते भएका छन् । जाजरकोटको भेरी नगरपालिका–४ का उदिप भनिने रोहित सुनार गम्भीर घाइते भएका हुन् ।
प्रहरीले नियन्त्रणमा लिन खोज्दा उनी भिरबाट हामफालेर घाइते भएको प्रहरी नायब उपरीक्षक(डीएसपी) खगेन्द्रप्रसाद धमलाले जानकारी दिए ।
प्रहरीका अनुसार बित्थडचिर गाउँपालिका क्षेत्रबाट नियन्त्रणमा लिन खोज्दा उनी भिरबाट हामफालेका थिए । उनी करीब तीन सय मिटर तल खसेका थिए ।
उनको ढाड र घाँटीमा गम्भीर चोट लागेको छ । सेती प्रादेशिक अस्पतालमा उपचाररत सुनारको शल्यक्रिया गर्नुपर्ने भएको छ । उनको स्वास्थ अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
उनीसँगै भागेका कर्तव्य ज्यान मुद्दाकै कैदी चन्द्रबहादुर पुनलाई भने प्रहरीले पक्राउ गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4