News Summary
Generated by OK AI. Editorially reviewed.- कैलालीको जोशिपुर गाउँपालिका-३ मा ३५ वर्षीया सुनितादेवी कठरियाले ५० वर्षीय श्रीमान् लखनलाल कठरियाको हत्या गरेकी छन्।
- हत्या शनिबार राति करिब ११ बजे घरमै हतौडा प्रहारबाट भएको र घाइते लखनलाललाई टीकापुर अस्पताल लगिएको थियो।
- श्रीमतीलाई नियन्त्रणमा लिइएको छ र शव परीक्षणपछि अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
९ कात्तिक, धनगढी । कैलालीमा एक महिलाले श्रीमानको हत्या गरेकी छन् ।
शनिबार राति जोशिपुर गाउँपालिका- ३ बस्ने ३५ वर्षीया सुनितादेवी कठरीयाले श्रीमान् ५० वर्षीय लखनलाल कठरियाकाे हत्या गरेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) राजकुमार सिंहले राति करिब ११ बजे घरमै कठरीयाकाे हत्या भएको बताए ।
श्रीमती सुनिताकाे हताैडा प्रहारबाट गम्भीर घाइते भएका उनलाई टीकापुर अस्पताल लगिएकाे थियो ।
कठरीयाकाे उपचारका क्रममा शनिबार राति नै मृत्यु भएको उनले बताए ।
हताैडा प्रहार गरेर श्रीमान्को हत्या गरेकाे अभियाेगमा उनकी श्रीमतीलाई प्रहरीले नियन्त्रणमा लिएकाे छ ।
उनीहरूबीचकाे विवादकाे कारण भने खुलेकाे छैन । कठरीयाकाे शव परीक्षणपछि आइतबार प्रहरीले बुझेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4