+
+
WC Series
चितवन राइनोज 2025
119/4 (15.1)
VS
२९ बलमा ४८ रन आवश्यक
कर्णाली याक्स 2025
166/3 (20)
Shares

बाजुराको लाम्पाटा बाल विकास केन्द्रमा समस्यै समस्या

बाल विकास केन्द्रमा भौतिर पूर्वाधार, कार्पेट, कालोपाटी तथा शैक्षिक सामग्रीको अभाव छ भने गरिबीका कारण बालबालिकाले झोला, ड्रेस, कापी-कलम किन्न सक्ने अवस्था छैन ।

प्रकाश सिंह प्रकाश सिंह
२०८२ मंसिर २ गते १४:५३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बाजुराको हिमाली गाउँपालिका-३ मा रहेको लाम्पाटा बाल विकास केन्द्रले भौतिक पूर्वाधार र शैक्षिक सामग्रीको अभाव झेलिरहेको छ।
  • बाल विकास केन्द्रमा जम्मा ७ जना बालबालिका पढिरहेका छन् र आर्थिक अवस्था कमजोर भएकाले उनीहरूले शैक्षिक सामग्री किन्न सक्दैनन्।
  • यो केन्द्र बाजुरा सदरमुकामबाट एक हप्ता पैदल यात्रा गरेर मात्र पुगिन्छ र हिउँदमा चिसोका कारण बन्द हुने गरेको छ।

२ मसिंर, बाजुरा । बाजुराको हिमाली गाउँपालिका-३ मा सञ्चालित लाम्पाटा बाल विकास केन्द्रले अभाव र समस्या झेलिरहेको छ ।

जिल्लाको सबैभन्दा उच्च भागमा रहेको यो बाल विकास केन्द्रले भौतिक पूर्वाधार, शैक्षिक सामग्री लगायतका समस्या झेलिरहेको वडासदस्य पेमा गाराप गुरुङले बताए ।

२ हजार ९१० मिटर उचाइमा रहेको यो बाल विकास केन्द्र बाजुरा सदरमुकाम मार्तडीबाट निकै टाढा छ । लाम्पाटा गाउँमा १५ परिवार बसोबास गर्छन् जसमा सबै परिवार भोटे जनजाति रहेका छन् ।

यहाँका धेरै परिवार मौसमी बसाइ सर्ने भएकाले बालबच्चा पनि सँगै लिएर जान्छन् । जसका कारण बालशिक्षामा जम्मा ७ जना बालबालिका पढिरहेका छन् । पालिकाले यो गाउँमा ३ वर्ष पहिला बालशिक्षा स्थापना गरेको थियो ।

स्थानीय हिक्मत गुरुङले भने गाउँमा बालशिक्षा स्थापना हुँदा बालबालिकालाई पठनपाठनमा सहज भए पनि उचित व्यवस्थापन नहुँदा बच्चाहरू चिसोमा बसेर पठनपाठन गर्न बाध्य भएको बताए ।

बाल विकास केन्द्रमा कार्पेट, कालोपाटी तथा शैक्षिक सामग्रीको अभाव रहेको उनले जानकारी दिए ।

आर्थिक अवस्था कमजोर भएका कारण बालबालिकाले झोला, ड्रेस, कापी-कलम किन्नसक्ने अवस्था समेत नभएको स्थानीयले बताएका छन् ।

गाउँमा बालशिक्षा स्थापना नहुँदा ३ घण्टा टाढा रहेको गुम्बा गाउँमा जानुपर्ने बाध्यता थियो ।

विभिन्न समस्याका बीचमा बालशिक्षा सञ्चालनमा रहेको शिक्षिका कल्पना थापा लामाले बताइन् । पालिकाबाट निकै टाढा रहेकाले पनि व्यवस्थापन गर्न समस्या रहेको उनको भनाइ छ ।

यो बाल विकास केन्द्र पुग्न बाजुरा सदरमुकाम मार्तडीबाट १ साता लाग्छ भने हिमाली गाउँपालिकाको कार्यालय धुलाचौरबाट तीन दिन लाग्छ ।

यातायातको पहुँचबाट निकै टाढा रहेकाले यो गाउँ पुग्न पैदल जानुपर्ने अवस्था छ । हिउँदको समयमा हिउँ पर्ने हुँदा लाम्पाटा गाउँका सबै परिवार चिसो छल्न बेसी झर्छन् । जसका कारण हिउँदमा बाल विकास केन्द्र बन्द हुने गरेको छ ।

सैपाल हिमालको पूर्वी बेसक्याम्प अर्थात् पर्यटकीयस्थल रानीसैन यही ठाउँ भएर जाने गरिन्छ ।

बालबालिकाको शिक्षालाई मध्यनजर गरेर बालशिक्षा स्थापना गरिएकोले केन्द्रको व्यवस्थापन गर्ने पालिकाले बताएको छ ।

लेखक
प्रकाश सिंह

परोपकारी पत्रकारितामा रूचि राख्ने सिंह बाजुराका पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?