News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली सेनामा जागिर लगाइदिने भन्दै दुई लाख ४० हजार रुपैयाँ ठगी गरेको आरोपमा कञ्चनपुरका ३५ वर्षीय हरिश चन्द पक्राउ परेका छन् ।
- जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक कैलाश विष्टले चन्दलाई हिरासतमा राखेर घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिएका छन् ।
- पक्राउ परेका चन्द बेलौरी नगरपालिका–८ कलकत्ताका बासिन्दा हुन् ।
२२ साउन, धनगढी । नेपाली सेनामा जागिर लगाइदिने भन्दै ठगी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा कञ्चनपुरको बेलौरी नगरपालिका–८ कलकत्ता बस्ने ३५ वर्षीय हरिश चन्द रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कैलाश विष्टले जानकारी दिए ।
उनकाअनुसार नेपाली सेनामा जागिर लगाइदिने भन्दै दुई लाख ४० हजार रकम असुली ठगी गरेको आरोप चन्दमाथि छ ।
चन्दलाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4