+
+
Shares

रास्वपा सांसद पाण्डे र सेनाका क्याप्टेनबीच भएको के हो ?

यस्तो छ पाण्डे र सेनाका क्याप्टेनबीचको सवाल–जवाफ

सोमबार सांसद पाण्डे डोजरसहित त्यहाँ पुगेका थिए । त्यसक्रममा सेनाले रोक्न खोज्दा पाण्डे चर्को स्वरमा थर्कारहेका सुनिन्छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन १९ गते १४:०५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रास्वपा सांसद राजुनाथ पाण्डेले गोकर्णस्थित नेपाल ट्रस्टको जग्गामा बाटो विस्तार गर्ने क्रममा नेपाली सेनाका क्याप्टेनलाई थर्काएको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको छ ।
  • बाटो फराकिलो बनाउने उद्देश्यले पर्खाल भत्काउन पुगेका सांसद पाण्डेले सेनाको आग्रहलाई बेवास्ता गर्दै डोजर नरोकिने अडान राख्नुभएको थियो ।
  • पाण्डेले भनेका छन्, 'जनताभन्दा ठूलो ब्यारेक होइन, यो भत्किन्छ, रोक्न मिल्दैन, तपाईँलाई कन्फ्युजन भए प्रधानमन्त्रीकोमा सम्पर्क गर्नुहोला ।'

१९ साउन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) सांसद राजुनाथ पाण्डेले नेपाली सेनाका क्याप्टेनलाई थर्काएको भिडिओ अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

काठमाडौं क्षेत्र नम्बर–३ बाट निर्वाचित सांसद पाण्डेले गोकर्णस्थित नेपाल ट्रस्टको जग्गामा बाटो विस्तार गर्ने क्रममा ‘थर्काउने शैली’मा नेपाली सेनाका अधिकारीसँग गरेको सवालजवाफ भाइरल बनेको हो ।

ट्रस्टको वालमा पाण्डेको अगुवाइको टोलीले डोजर चलाएपछि नेपाली सेनाले रोक्न खोजेको थियो । सो ठाउँमा बाटो साँघुरो रहेको भन्दै स्थानीयले लामो समयदेखि फराकिलो बनाइदिन माग गर्दैआएका थिए ।

तर, ट्रस्टको जग्गा रहेकाले बाटो विस्तार हुनसकेको थिएन । यस्तोमा सोमबार सांसद पाण्डे डोजरसहित त्यहाँ पुगेका थिए । त्यसक्रममा सेनाले रोक्न खोज्दा पाण्डे चर्को स्वरमा थर्कारहेका सुनिन्छन् ।

यस्तो छ पाण्डे र सेनाका क्याप्टेनबीचको सवाल–जवाफ

क्याप्टेन : एकैछिन काम रोक्नुहोला ।

पाण्डे :   हामी पर्खाल भत्काएर मात्र जाने हो ।

क्याप्टेन :   होइन के अहिले हेर्नु न, आदेश छैन हजुर ।

पाण्डे :   आदेश भनेको के हो ? कसको आदेश, कहाँबाट आउनुपर्ने हो ?

क्याप्टेन : कुनै एउटा वैधानिक चिठी त आउनु पर्‍यो नि हजुर ।

पाण्डे : वैधानिक भनेको कहाँबाट आउनुपर्‍यो ? कोरिडोरको बाटो खोल्न कसैलाई सोध्नुपर्दैन क्या । मलाई थाहा छ ।

क्याप्टेन : होइन क्या हजुर, एउटा चिठी त चाहियो नि ।

पाण्डे : चिठी आउँदैगर्छ । यो पर्खाल भत्काउनुपर्छ ।

क्याप्टेन :  होइन क्या हजुर, भित्र ब्यारेक छ ।

पाण्डे :  मलाई थाहा छ, ब्यारेकको सेक्युरिटी । जनताभन्दा ठूलो ब्यारेक होइन । ब्यारेकको कुरा मैले बुझ्छु क्या क्याप साब ।

क्याप्टेन :  मैले पनि त रिपोर्ट गर्नुपर्नेहोला होला नि हजुर । यो राष्ट्रिय निकुञ्ज हो नि हजुर ।

पाण्डे :   बुझेँ मैले । यो नेपाल ट्रस्टसँग सम्बन्धित विषय हो । नेपाल ट्रस्टको चेयरमेन को हो ? भौतिक पूर्वाधार मन्त्री हो ।

क्याप्टेन : अहिले त रोकिदिनु न हजुर ।

पाण्डे : रोकिन्न, यो भत्किन्छ । यो रोक्न मिल्दैन । तपाईँलाई कन्फ्युजन भए प्रधानमन्त्रीकोमा सम्पर्क गर्नुहोला ।

क्याप्टेन :   चिठी चाहियो ।

पाण्डे :   रोकिदैन । रोक्ने काम नगर्नुहोला । फौज बस्नु भएको छ । सुरक्षाको समस्या छैन । (हिँड्छन् )

क्याप्टेन : सुनिबक्स्यो न एकछिन् । सर, एकैछिन ।

पाण्डे : तपाईँजस्तो सरकारी निकायले आएर यसो गर्दा अप्ठ्यारो हुन्छ ।

क्याप्टेन : होइन हजुर चिठी त चाहियो नि हजुर ।

पाण्डे : चिठी चाहियो भने…

क्याप्टेन : एकैछिन त रोकिइदिनु ।

पाण्डे : रोकिदैन.. रोकिदैन. डोजर रोकिँदैन । पूर्ण रूपमा आदेश आइसकेको छ, रोक्ने काम नगर्नुहोला ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?