+
+
Shares

प्रदीप अधिकारीकी पत्नीमाथि अनुसन्धान गर्न जंगी अड्डामा अख्तियारको पत्राचार

प्रदीप अधिकारीकी पत्नी सुफल केसी नेपाली सेनाकी प्राविधिक सह–सेनानी(क्याप्टेन) हुन् । अख्तियारले मंगलबार सार्वजनिक गरेको विवरणमा भने अधिकारीकी पत्नी समेत जग्गा किनबेचमा संलग्न रहेको भने पनि उनको नाम र पदीय भूमिका खुलाएको थिएन ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन ६ गते १४:१२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणमा संलग्न रहेको आशंकामा नेपाली सेनाकी प्राविधिक सह-सेनानी सुफल केसीविरुद्ध छानबिन गर्न जंगी अड्डामा पत्राचार गरेको छ।
  • प्राधिकरणका तत्कालीन महानिर्देशक प्रदिप अधिकारीकी पत्नी केसी विमानस्थल ठेकेदारसँगको जग्गा कारोबारमा जोडिएको र उक्त रकम सम्पत्ति शुद्धीकरणमार्फत व्यवस्थापन गरेको आयोगको आरोप छ।
  • आयोगले अधिकारीविरुद्ध एक करोड ७१ लाख रुपैयाँ बिगो मागदावी गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको छ भने पत्नी केसीको भूमिकाबारे रक्षा मन्त्रालयलाई अनुसन्धान गर्न लेखी पठाएको छ।

६ साउन, काठमाडौं । एक सैनिक अधिकारी भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको कसुर आकर्षित हुने क्रियाकलापमा संलग्न देखिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गर्न नेपाली सेनालाई पत्राचार गरेको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशक प्रदिप अधिकारीकी पत्नी सुफल केसी घुस र सम्पत्ति शुद्धीकरण सम्बन्धी भ्रष्टाचारमा संलग्न रहेको हुनसक्ने भन्दै अख्तियारले छानबिन गर्न जंगी अड्डामा पत्राचार गरेको हो ।

प्रदीप अधिकारीकी पत्नी सुफल केसी नेपाली सेनाकी प्राविधिक सह–सेनानी(क्याप्टेन) हुन् । अख्तियारले मंगलबार सार्वजनिक गरेको विवरणमा भने अधिकारीकी पत्नी समेत जग्गा किनबेचमा संलग्न रहेको भने पनि उनको नाम र पदीय भूमिका खुलाएको थिएन ।

अख्तियारले अधिकारीमाथि घुस लिएको र त्यसक्रममा सम्पत्ति शुद्धीकरण गरेको आरोपसहित विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो । विमानस्थल निर्माणमा जोडिएका ठेकेदार कम्पनीका सञ्चालकहरुसँगको जग्गा कारोवारमा सम्पत्ति शुद्धीकरण गरेको भनी अख्तियारले मंगलबारको मुद्दामा एक करोड ७१ लाख रुपैंया विगो मागदावी गरेको थियो ।

आफ्नो पत्नीको खाताबाट कारोबार गरेको भनी अधिकारीमाथि आरोप लगाएको अख्तियारले नेपाली सेनामा कार्यरत उनकी पत्नीमाथि अनुसन्धान गर्नू भनी पत्राचारको निर्णय गरेको हो ।

कुमारी बैंकको मूल्यांकनकर्ताले अधिकारीले खरिद गरेको जग्गाको तीन करोड ३४ लाख रुपैंया मूल्यांकन गरेको र त्यसक्रममा ७५ लाख रुपैंया मात्रै कारोबार देखिएको भन्दै अख्तियारले बाँकी रकम सम्पत्ति शुद्धीकरणमा हिसाबकिताब गरी राफसाफ भएको दाबी गरेको हो ।

अख्तियारले गरेको निर्णयमा भनिएको छ, ‘प्रचलित संवैधानिक तथा कानुनी व्यवस्थाको रोहमा आवश्यक अनुसन्धान कार्य गर्न उपयुक्त देखिएकोले निज सहसेनानी सुफल केसीको हकमा नेपाल सरकार रक्षा मन्त्रालय तथा नेपाली सेना जंगी अड्डामा आवश्यक अनुसन्धान कारबाही गर्न लेखी पठाउने भनी निर्णय भएको व्यहोरा अनुरोध छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?