+
+
Shares

एमालेको प्रश्न- नेपाली सेना केका लागि हो सरकार ?

‘भारतीय सेनासँग सुस्तामा नागरिक नागरिक लडिरहेको देख्दा धिक्कार छ नेपाल सरकार र नेपाली सेनालाई । सिंहदरबार, सर्वोच्च अदालत, राष्ट्रपति भवन, प्रधानमन्त्री कार्यालय त जोगाएन जोगाएन देशको सिमा रक्षाको लागि नजाने नपठाउने नेपाली सेना केका लागि हो ?’

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ३१ गते १४:२८

३१ असार, काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले सीमा विवादबारे दिएको अभिव्यक्ति सच्याउनुपर्ने अडान  दोहोर्‍याएको छ ।

बुधबार प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर पार्टीका तर्फबाट बोल्दै एमालेकी सांसद गंगादेवी श्रेष्ठले जेठ १७ गते प्रधानमन्त्री बालेनले राष्ट्रघाती अभिव्यक्ति दिएको भनेर आपत्ति जनाइन् ।

‘आपत्तिजनक अभिव्यक्ति सच्चाउनुपर्छ भन्ने माग हाम्रो जारी छ’, सांसद श्रेष्ठले भनिन्, ‘भारतले हाम्रो भुमि फिर्ता गर भन्यो भने कहाँको दिनु हुन्छ ? कि कालापानी लिपुलेक लिम्पियाधुरा दाबी छोड्न खोजेको हो ?’

गत १७ जेठमा प्रधानमन्त्री बालेनले प्रतिनिधिसभामा सांसदहरूका प्रश्नको जवाफ दिएका थिए । त्यसक्रममा उनले भनेका थिए, ‘तपाईंहरूलाई एउटा कुरा अचम्म लाग्छ होला, मैले पनि अस्ति प्रधानमन्त्री भएपछि नै थाहा पाएँ, भारतले नेपालको जग्गा मात्र हैन नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको रहेछ ।,’

प्रधानमन्त्री बालेनको यस्तो अभिव्यक्तिपछि विपक्षीहरूले लगातार विरोध गर्दै आएका छन् । यो विषयमा कि तथ्य दिनुपर्ने होइन भने माफी माग्नुपर्ने एमालेको माग छ ।

सांसद श्रेष्ठले भनेकी छन्, ‘सीमाको जंगे पिलर खिदै वरवर सर्दा त्यहाँको जनता बेलुका सुद्दा नेपाल बिहान उठ्दा भारतको हुँदा ती नागरिक कसरी बस्नु भएको होला ?’

यहाँनेर नेपाले नेपाली सेनालाई समेत स्मरण गरेकी हुन् ।

‘भारतीय सेनासँग सुस्तामा नागरिक नागरिक लडिरहेको देख्दा धिक्कार छ नेपाल सरकार र नेपाली सेनालाई’, उनले भनिन्, ‘सिंहदरबार, सर्वोच्च अदालत, राष्ट्रपति भवन, प्रधानमन्त्री कार्यालय त जोगाएन जोगाएन देशको सिमा रक्षाको लागि नजाने नपठाउने नेपाली सेना केका लागि हो ?’

पुर्खाले पानी पनि नखाइ पिठ्युमा बच्चा बोकेर बचाएको देशको भुमि बचाउन सबै लाग्नुपर्ने उनको आग्रह छ ।

‘लागौं, परिआए ज्यानको बलिदान गर्न तयार छौँ । हामी नेपालको भूमि र राष्ट्रियता गुम्न दिँदैनौँ’, उनले भनिन् ।

प्रधानमन्त्रीको राष्ट्रघाती अभिव्यक्ति सच्चाइयोस् भनेर प्रश्न उठाउँदा मिडिया हाउस र नेताको घर अगाडि गाडी तेर्साएर सरकारले अभिनय गरेको र कारबाहीको नाटक गरेको उनले बताइन् ।

‘सरकारले गाडी तेर्साएर अभिनय गर्छ, कारबाहीको नाटक सरकारले नै गर्छ । सरकार कलाकार नै पर्यो, कथा कहाँ लेखियो यो सामान्य छैन । आफै बोक्सी आफै झाँक्री ! नेपाली नागरिकको मनलाई मन मनसँग खेल्न सिपालु छ यो सरकार’, उनले भनिन्, ‘नागरिकहरू तनावमा छन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?