+
+
Shares

गणेशकी श्रीमतीलाई भेट्दा सांसद एशुदाले सम्झिइन् बालेनकी श्रीमती

अनलाइनखबर अनलाइनखबर
२०८३ असार २६ गते १४:०३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राहदानी विभागअगाडि आत्मदाहको प्रयास गरेका मुगुका २५ वर्षीय गणेश नेपालीको उपचारका क्रममा वीर अस्पतालमा शुक्रबार मृत्यु भएको छ ।
  • एमाले सांसद यशोदा बरालले मृतक नेपालीको परिवारलाई भेट्दै राज्यको नीति र महानगरको व्यवहारका कारण गरिब नागरिकले ज्यान गुमाउन बाध्य भएको आरोप लगाइन् ।
  • प्रमुख प्रतिपक्षी दलहरूले उक्त घटनालाई लिएर सरकारको गम्भीर ध्यानाकर्षण गराउँदै संसद्मा प्रश्न उठाएका छन् ।

२६ असार, काठमाडौं । नेकपा एमालेकी सांसद एशुदा बरालले गणेश नेपालीको परिवारसँग भेट गरेकी छन् ।

आफू अस्पतालबाट सिधै संसद् भवन आएको उल्लेख गर्दै उनले भनिन्, ‘एक वर्षको छोरीको आखाँमा आँशु र श्रीमतीको चिच्याहट देखेँ । हिजो प्रधानमन्त्रीज्यूको श्रीमतीलाई ब्यथा लाग्दा, दुई मिनेट ढिलो हुँदा राज्य जलाउ, सिंहदरबार जलाउ भन्दा देश जल्यो ।’

गणेश नेपाली गरिब परिवारको भएको र राज्यको नीतिका कारण आत्मदाह गर्न बाध्य भएको उनको भनाइ छ ।

‘गरिबले बाँच्न पाउने नि नपाउने ?’ उनले प्रश्न गरिन् ।

मुगुका २५ वर्षीय गणेश नेपालीले बिहीबार त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका थिए ।

करिब ५५ प्रतिशत शरीर जलेका उनको वीर अस्पतालको बर्न सेन्टरमा उपचार क्रममा उनको शुक्रबार मृत्यु भएको छ ।

भक्तपुरमा डेरा गरी श्रीमती र छोरीसँग बस्दै आएका गणेश राइड सेयरिङ एपमार्फत राइडरको काम गर्थे । आफूले रोकिराखेको मोटरसाइकलमा महानगर प्रहरीले ह्विल लक गरेर लैजाने प्रयास गरेपछि बिहीबार दिउँसो उनले आत्मदाहको प्रयास गरेका थिए ।

यो विषयमा संसद्मा अन्य विपक्षी दलहरूले पनि सरकारको ध्यानाकर्षण गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?