+
+
Shares

माइतीघरमा युवाहरूको आक्रोश- बालेन तिम्रो झिकै झिकै माया गणेशको आत्मदाह थियो

राज्य आतंका मुर्दावाद, बालेन के तिम्रो राज्यमा गरिब र युवा अट्न नसक्ने हो, हत्यारा सरकार मुर्दावाद लगायतका नारा लेखिएको प्लेकार्ड बोकेर युवाहरूले प्रदर्शन गरेका हुन् ।

आर्यन धिमाल आर्यन धिमाल
२०८३ असार २६ गते १३:०२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • त्रिपुरेश्वरमा आत्मदाहको प्रयास गरेका २५ वर्षीय गणेश नेपालीको उपचारका क्रममा शुक्रबार बिहान निधन भएको छ।
  • गणेशको मृत्युको जिम्मेवार सरकार भएको भन्दै युवाहरूले माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका छन्।
  • प्रदर्शनकारीहरूले घटनामा संलग्नलाई कारबाहीको माग गर्दै सरकारविरुद्ध नाराबाजी गरेका छन्।

२६ असार, काठमाडौं । ‘बालेन तिम्रो झिकै झिकै माया गणेशको आत्मदाह थियो’ भन्दै माइतीघर मण्डलामा युवाहरूले प्रदर्शन गरेका छन् ।

गणेश नेपालीको मृत्युको कारण सरकार भएको भन्दै उक्त घटनामा संलग्नलाई कारबाहीको माग राखेर युवाहरूले प्रदर्शन गरेका हुन् ।

राज्य आतंका मुर्दावाद, बालेन के तिम्रो राज्यमा गरिब र युवा अट्न नसक्ने हो, हत्यारा सरकार मुर्दावाद लगायतका नारा लेखिएको प्लेकार्ड बोकेर युवाहरूले प्रदर्शन गरेका हुन् ।

त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि बिहीबार दिउँसो आत्मदाहको प्रयास गरेका २५ वर्षीय गणेश नेपालीको उपचारका क्रममा शुक्रबार बिहान मृत्यु भएको थियो ।

लेखक
आर्यन धिमाल

धिमाल अनलाइनखबरका फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?