+
+
Shares

मिडियाका गेटमा शंकास्पद गाडी पार्किङलाई एमालेले भन्यो- मण्डलेतन्त्रले फैलाएको राज्य आतंक

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ३० गते ११:३५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा एमालेले मिडिया हाउस अगाडि शंकास्पद रूपमा गाडी पार्किङ गरिएको घटनालाई पञ्चायतकालीन मण्डलेतन्त्रले फैलाएको राज्य आतंकको संज्ञा दिँदै विरोध गरेको छ।
  • प्रतिनिधिसभाको बैठकमा सांसद गणेशसिंह ठगुन्नाले मिडिया हाउस र राजनीतिक नेतृत्वको कार्यालयअगाडि सवारीसाधन तेर्साएर मानसिक त्रास फैलाउने काम भएको उल्लेख गर्नुभयो।
  • सोमबार बिहान अनलाइनखबर, हिमालय टीभी र कान्तिपुर मिडिया हाउसको कार्यालय अगाडि अवरोध हुने गरी पार्किङ गरिएका गाडीबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।

३० असार, काठमाडौं । नेकपा एमालेले मिडिया हाउस अगाडिको शंकास्पद गाडी पार्किङलाई पञ्चायतकालीन मण्डलेतन्त्रले फैलाएको राज्य आतंकको संज्ञा दिएर विरोध गरेको छ ।

प्रतिनिधिसभामा पार्टीको तर्फबाट बोल्दै एमालेका सांसद गणेशसिंह ठगुन्नाले यस्तो बताएका हुन् ।

‘मिडिया क्षेत्र र राजनीतिक नेतृत्वको कार्यलय वा घरमा सावरीसाधन तेर्साएर मानसिक त्रास फैलाउने जुन काम भएको छ’ उनले भने, ‘हेर्दा यो सांकेतिक र सानो घटना भएपनि यसको संकेत पञ्चायतकालीन मण्डलेतन्त्रले फैलाएको राज्य आतंकको सुरुवातको झझल्को हामीलाई याद आउँछ ।’

अनलाइनखबर, हिमालय टीभी र कान्तिपुर मिडिया हाउसका कार्यालयअघि सोमबार बिहान शंकास्पद रुपमा गाडी पार्किङ गरिएको थियो । गाडीहरू कार्यालय प्रवेशमा अवरोध गर्ने गरी पार्किङ गरिएको थियो ।

एकै समयमा उस्तै तरिकाले पार्किङ गरिएको थियो । शंकास्पद तरिकाले पार्किङ गरिएपछि मिडिया हाउसहरूले प्रहरीलाई खबर गरेका थिए । त्यसपछि तीनवटै मिडिया हाउसमा प्रहरी आएर गाडीधनीको सोधखोज गरेका थिए । कसले यस्तो गर्‍यो भन्ने अहिलेसम्म प्रहरीले ठोस रुपमा पत्ता लगाएको छैन ।

मिडियाहरूको आवतजावतमा अवरोध गर्ने गरी शंकास्पद रूपमा पार्किङ गरिएको घटनाबारे संसद्मा प्रश्न उठेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?