+
+
Shares

कतारका राजाप्रति समवेदना व्यक्त गर्न उपराष्ट्रपति यादव आज कतार जाँदै

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ३० गते १०:५०
फाइल फोटो

३० असार, काठमाडौं । उपराष्ट्रपति रामसहाय प्रसाद यादव कतारका पूर्व अमिर शेख हमद बिन खलिफा अल थानीको निधनप्रति नेपाल सरकारको तर्फबाट समवेदना व्यक्त गर्न मंगलबार कतार  जाने भएका छन् । उनी दिउँसो तीन बजे प्रस्थान गर्नेछन् ।

परराष्ट्र मन्त्रालयका अनुसार उपराष्ट्रपति यादव बिहीबारसम्म कतारको औपचारिक भ्रमणमा रहनेछन् ।

भ्रमणका क्रममा उनले भोलि कतारका अमिर शेख तमीम बिन हमद अल थानीलाई राष्ट्रपति रामचन्द्र पौडेलद्वारा पठाइएको समवेदनापत्र हस्तान्तरण गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ ।

उपराष्ट्रपतिसँग उच्चपदस्थ सरकारी अधिकारीहरूको प्रतिनिधिमण्डल पनि रहेको छ । भ्रमण सम्पन्न गरी उपराष्ट्रपति यादव बिहीबार काठमाडौं फर्किने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?