+
+
Shares

राष्ट्रपति पौडेलद्वारा कतारका पूर्वअमिरको निधनमा दु:ख व्यक्त

राष्ट्रपति पौडेलले सामाजिक सञ्जालमार्फत शोक सन्देश जारी गर्दै कतारका वर्तमान अमिर शेख तमिम बिन हमद अल थानी, सम्पूर्ण शाही परिवार तथा कतारका जनताप्रति हार्दिक समवेदना व्यक्त गरेका छन्।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार २८ गते २०:१५

२८ असार, काठमाडौं ।  राष्ट्रपति रामचन्द्र पौडेलले कतारका पूर्वअमिर तथा वर्तमान अमिर शेख तमिम बिन हमद अल थानीका पिता शेख हमद बिन खलिफा अल थानीको ७४ वर्षको उमेरमा निधन भएकोप्रति गहिरो दुःख व्यक्त गरेका छन्।
राष्ट्रपति पौडेलले सामाजिक सञ्जालमार्फत शोक सन्देश जारी गर्दै कतारका वर्तमान अमिर शेख तमिम बिन हमद अल थानी, सम्पूर्ण शाही परिवार तथा कतारका जनताप्रति हार्दिक समवेदना व्यक्त गरेका छन्।

उनले दिवंगत शेख हमद बिन खलिफा अल थानीको निधनलाई कतारका लागि अपूरणीय राष्ट्रिय क्षति भएको उल्लेख गर्दै यस दुःखद घडीमा शोकाकुल परिवार र कतारी जनतालाई यो पीडा सहन सक्ने शक्ति प्रदान गरून् भन्ने कामना गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?