+
+
Shares

इरानद्वारा कतारको पेट्रोलियम प्लान्टमा मिसाइल आक्रमण

रास लाफानमा विश्वकै सबैभन्दा ठूलो लिक्विफिड नेचुरल ग्यास (एल.एन.जी.) निर्यात सुविधा छ । यो कतारको ‘ग्यास राजधानी’ जस्तै हो, जहाँबाट प्रशोधित ग्यास संसारभर पुग्छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत ५ गते ८:३२
Photo Credit : Doha News
कतारको रास लाफान औद्योगिक क्षेत्र । फाइल फोटो

News Summary

Generated by OK AI. Editorially reviewed.
  • इरानले कतारको रास लाफान औद्योगिक क्षेत्रमा मिसाइल प्रहार गर्दा ठूलो क्षति पुगेको छ र कतारले इरानका दुई कूटनीतिज्ञलाई निष्कासित गरेको छ।
  • इजरायल र अमेरिकाले इरानको साउथ पर्स ग्यास फिल्डमा आक्रमण गरेको बदलामा इरानले कतारको ग्यास प्लान्टलाई निशाना बनाएको हो ।
  • क्षेत्रीय द्वन्द्वले तेल बजारमा असर पारेको छ, स्ट्रेट अफ होर्मुजमा जहाज आवागमन प्रभावित हुँदा कच्चा तेलको मूल्य बढेको छ।

काठमाडौं । मध्यपूर्वमा बढ्दो तनावबीच इरान र इजरायलबीचको द्वन्द्वले नयाँ मोड लिएको छ । इजरायल र अमेरिकाले इरानको सबैभन्दा ठूलो प्राकृतिक ग्यास भण्डार क्षेत्र साउथ पर्स ग्यास फिल्डमा आक्रमण गरेपछि इरानले प्रतिकारस्वरूप कतारको रास लाफान औद्योगिक क्षेत्रमा मिसाइल प्रहार गर्दा ठूलो क्षति भएको छ ।

कतारको सरकारी पेट्रोलियम कम्पनीका अनुसार बुधबार भएको मिसाइल आक्रमणपछि मुख्य ग्यास प्रशोधन प्लान्टमा आगलागी भएको थियो । आपतकालीन टोलीले आगो नियन्त्रणमा लिए पनि पूर्वाधारमा उल्लेख्य क्षति पुगेको बताइएको छ । यो घटनापछि कतारले इरानका दुई कूटनीतिज्ञलाई निष्कासित गरेको बीबीसीले जनाएको छ ।

कतारको गृह मन्त्रालयले केही घण्टापछि आगो पूर्ण रूपमा नियन्त्रणमा आएको र मानवीय क्षति नभएको जनाएको छ । कतार सरकारले यस आक्रमणलाई आफ्नो राष्ट्रिय सुरक्षा र क्षेत्रीय स्थिरतामाथि सीधा खतरा भन्दै कडा प्रतिक्रिया दिएको छ ।

विदेश मन्त्रालयले इरानले ‘तनाव बढाउने नीति’ जारी राखेको आरोप लगाउँदै आवश्यक परे प्रतिकार गर्ने अधिकार सुरक्षित रहेको स्पष्ट पारेको छ ।

किन महत्वपूर्ण छ रास लाफान औद्योगिक क्षेत्र ?

यो कतारको राजधानी दोहाबाट करिब ८० किलोमिटर उत्तरमा पर्ने ठूलो औद्योगिक सहर हो । सन् १९६६  मा विशेष रूपमा प्राकृतिक ग्यास उद्योगका लागि निर्माण गरिएको हो । यहाँ मुख्यरुपमा प्राकृतिक ग्यास उत्पादन र प्रशोधन गरेर विश्वभर पठाइन्छ । सरल भाषामा भन्दा यो कतारको “ग्यास राजधानी” जस्तै हो, जहाँबाट प्रशोधित ग्यास संसारभर पुग्छ ।

  • रास लाफानमा विश्वकै सबैभन्दा ठूलो लिक्विफिड नेचुरल ग्यास (एल.एन.जी.) निर्यात सुविधा छ ।
  • विश्वको झण्डै २० प्रतिशत एल.एन.जी आपूर्ति यही क्षेत्रसँग जोडिएको मानिन्छ ।
  • त्यसैले यहाँ समस्या आयो भने विश्वभर ग्यास अभाव हुन सक्छ।
  • यो क्षेत्र नर्थ फिल्ड नामको विश्वकै ठूलो प्राकृतिक ग्यास भण्डारबाट चल्छ ।
  • यही ग्यास इरानको साउथ पर्स क्षेत्रसँग जोडिएको छ ।
  • त्यसैले इरान–कतार–अन्तर्राष्ट्रिय राजनीति सीधा यससँग जोडिन्छ।
  • यो विश्वकै सबैभन्दा ठूलो कृत्रिम बन्दरगाहमध्ये एक हो ।
  • यो प्राकृतिक ग्यास ढुवानीको प्रमुख केन्द्र हो । यहाँबाट जहाजमार्फत युरोप, एशिया लगायत विश्वभर ग्यास पठाइन्छ।

यसअघि इरानसँग सम्बन्धित समाचार एजेन्सीहरूले जनाए अनुसार, दक्षिण पर्स क्षेत्रमा रहेका पेट्रोकेमिकल संरचनामाथि हवाई आक्रमण भएको थियो । यो क्षेत्र विश्वकै सबैभन्दा ठूलो प्राकृतिक ग्यास भण्डार मानिन्छ, जसलाई इरान र कतार दुवैले उपयोग गर्दै आएका छन् ।

इरानका राष्ट्रपति मसुद पेजेस्कियानले ऊर्जा पूर्वाधारमाथि भएको आक्रमणको निन्दा गर्दै यस्तो गतिविधिले ‘नियन्त्रण बाहिर जाने परिणाम’ निम्त्याउन सक्ने चेतावनी दिएका छन् । उनले यो द्वन्द्वले विश्वव्यापी असर पार्न सक्ने सम्भावना औंल्याएका छन् ।

यता, फ्रान्सका राष्ट्रपति इम्मानुयल म्याक्रोँले ऊर्जा तथा नागरिक पूर्वाधारमा आक्रमण नगर्न सबै पक्षलाई आग्रह गरेका छन् । उनले ऊर्जा आपूर्ति र सर्वसाधारणको सुरक्षालाई प्राथमिकता दिनुपर्ने बताएका छन् ।

क्षेत्रीय द्वन्द्वको अवस्थाले तेल बजारमा समेत असर पारेको छ । स्ट्रेट अफ होर्मुज हुँदै हुने जहाज आवागमन प्रभावित भएसँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य फेरि बढेको छ ।

यसैबीच, साउदी अरेबियाले आफ्नो पूर्वी क्षेत्रमा ऊर्जा संरचनालाई लक्षित गरी पठाइएका ड्रोनहरू खसालिएको दाबी गरेको छ भने राजधानी रियाद नजिकै एक रिफाइनरी आसपास ब्यालिस्टिक मिसाइलको अवशेष फेला परेको जनाएको छ ।

तीन सातादेखि जारी इरान–इजरायल द्वन्द्वमा दुवै पक्षका उच्च तहका अधिकारीहरू मारिएको दाबीहरू भइरहेका छन् । इजरायलले इरानका उच्च अधिकारीलाई लक्षित आक्रमण जारी राख्ने संकेत दिएको छ भने इरानले बदला लिने चेतावनी दोहोर्याएको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?