+
+
Shares

कतारमा ३ जना नेपालीले पाए आममाफी

परराष्ट्र मन्त्रालयका प्रवक्ता लोक बहादुर पौडेल क्षेत्रीले ३ जनालाई कतारी आमिरले आममाफी दिएको बताए ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत २७ गते १६:०३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कतारले रमदानको अवसरमा ३ जना नेपालीलाई आममाफी दिएको छ।
  • परराष्ट्र मन्त्रालयका प्रवक्ता लोक बहादुर पौडेल क्षेत्रीले कतारी आमिरले आममाफी दिएको बताए।
  • नेपालले कतारलाई धन्यवाद दिएको छ र कुटनैतिक सम्बन्ध थप प्रगाढ हुने विश्वास व्यक्त गरेको छ।

२७ चैत, काठमाडौं । कतारले ३ जना नेपालीलाई आम माफी दिएको छ । कतारको रमदानको अवसरमा कतारले ३ जनालाई आममाफी दिएको हो ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता लोक बहादुर पौडेल क्षेत्रीले ३ जनालाई कतारी आमिरले आममाफी दिएको बताए । कतारी महत्त्वपूर्ण पर्व रमदानको अवसरमा कतारी राजाले आममाफी दिएका हुन् ।

आममाफी दिएपछि नेपालले कतारलाई धन्यवाद दिएको छ ।

लामो समयदेखिको नेपाल र कतारबीचको कुटनैतिक सम्बन्ध प्रगाढ रहेको बताउदै नेपालीले पाएको आममाफीबाट थप प्रगाढ रहने नेपालले विश्वास गरेको छ ।

यसअघि पनि कतारले यो अवसर पारेर आममाफी दिँदै आएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?