+
+
Shares

दशैंकाे अवधिमा सुदूरपश्चिममा सवारी दुर्घटनामा ८ जनाको मृत्यु, १२२ घाइते

सबैभन्दा धेरै कैलाली र कञ्चनपुरमा २१/२१ वटा सवारीसाधन दुर्घटनामा परेकाे तथ्यांक छ । कैलालीमा चार जनाकाे मृत्यु हुँदा ५४ जना घाइते भएका छन् भने कञ्चनपुरमा दुई जनाकाे मृत्यु र ३७ घाइते भएका छन् ।

जनक विष्ट जनक विष्ट
२०८२ असोज २२ गते ११:५५

२२ असाेज, धनगढी । सुदूरपश्चिम प्रदेशमा दशैंको अवधिभर भएका सवारी दुर्घटनामा परेर आठ जनाकाे मृत्यु भएको छ भने एक सय २२ जना घाइते भएका छन् ।

घटस्थापनादेखि काेजाग्रत पूर्णिमासम्म प्रदेशका पाँच जिल्लामा ४९ वटा सवारीसाधन दुर्घटनामा परेकाे सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।

ट्राफिक प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) टेकबहादुर जाेराले दुर्घटनामा आठ जनाकाे मृत्यु र एक सय २२ जना घाइते भएको बताए ।

उनकाअनुसार सबैभन्दा धेरै कैलाली र कञ्चनपुरमा २१/२१ वटा सवारीसाधन दुर्घटनामा परेकाे तथ्यांक छ । कैलालीमा चार जनाकाे मृत्यु हुँदा ५४ जना घाइते भएका छन् भने कञ्चनपुरमा दुई जनाकाे मृत्यु र ३७ घाइते भएका छन् ।

बैतडीमा पाँच वटा सवारीसाधन दुर्घटना एककाे मृत्यु र १४ घाइते, दार्चुलामा एककाे मृत्यु र १० जना घाइते,डडेल्धुरामा एउटा सवारीसाधन दुर्घटनामा ७ जना घाइते भएपनि मृत्यु भने कसैकाे नभएको डीएसपी जाेराले बताए ।

दशैंको बेला डाेटी, बाजुरा, अछाम र बझाङमा भने सवारीसाधन दुर्घटना नभएको पाइएको छ ।

आठ लाख ७३ हजार राजश्व संकलन

दशैंको अवधिमा प्रदेशभर ट्राफिक नियम उल्लङ्घन गर्ने सवारीसाधनबाट आठ लाख ७३ हजार राजश्व संकलन गरिएको छ ।

प्रदेशका ९ वटै जिल्लामा ट्राफिक कारवाहीमा परेका सवारीसाधनबाट उक्त राजश्व स‌ंकलन गरिएको प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) टेकबहादुर जाेराले बताए ।

उनकाअनुसार सबैभन्दा धेरै कैलाली चार लाख ६७ हजार र कञ्चनपुरमा एक लाख ३१ हजार राजश्व संकलन गरिएको छ ।

बझाङमा ६५ हजार, डाेटीमा ६४ हजार,डडेल्धुरा र बैतडीमा ३४/३४ हजार, दार्चुलामा ३२ हजार, अछाममा ३० हजार र बाजुरामा १६ हजार राजश्व संकलन गरिएको छ ।

लेखक
जनक विष्ट

विष्ट अनलाइनखबरका कैलाली संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?