
News Summary
Generated by OK AI. Editorially reviewed.- कञ्चनपुरमा बाेलेराे जिप दुर्घटना हुँदा दुई वर्षीया बालिकाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन्।
- दुर्घटना बेदकोट नगरपालिका–३ सिउडीबागस्थित दैजी–जोगबुढा सडक खण्डमा भएको हो।
- घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर छ र उनीहरूलाई महाकाली प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।
१४ असोज, धनगढी । कञ्चनपुरमा बाेलेराे जिप दुर्घटना हुँदा बालिकाको मृत्यु भएको छ भने अन्य आठ जना घाइते भएका छन् ।
बेदकोट नगरपालिका–३ सिउडीबागस्थित दैजी–जोगबुढा सडक खण्डमा दैजीबाट जाेगबुढातर्फ गइरहेको से १ ज ४१७ नम्बरको मंगलबार दिउँसो जिप दुर्घटना हुँदा बेदकाेट नगरपालिका-४ बस्ने दुई वर्षीया युविका पालकाे मृत्यु भएको हाे ।
सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) टेकबहादुर जाेराले बालिकाकाे महाकाली प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको बताए ।
उनकाअनुसार दुर्घटनामा मृतक बालिकाका १० वर्षीय दाजु प्रिन्स पाल र आमा ३० वर्षीयालसहित तारा पाका आठ जना घाइते भएका छन् । उनीहरू मध्ये तीन जनाकाे अवस्था गम्भीर छ ।
डडेल्धुराकाे पर्शुराम नगरपालिका- ११ बस्ने २१ वर्षीया मनिषा कुँवर, कञ्चनपुरकाे कृष्णपुर नगरपालिका-१ वाणी बस्ने ३३ वर्षीय धाना बाेहरा र उनकाे ४ वर्षीय छाेरा कमलकाे अवस्था गम्भीर रहेकाे छ ।
यस्तै पर्शुराम नगरपालिका-३५ वर्षीय देवेन्द्र धामी, वेदकाेटका २४ वर्षीय बिरेन्द्र कुँवर, वेलकाेट नगरपालिका-४ का नरेश सार्की पनि घाइते छन् ।
उनीहरूकाे महाकाली प्रादेशिक अस्पतालमा उपचार भइरहेको डीएसपी जाेराले बताए ।
प्रतिक्रिया 4