+
+
Shares

बझाङमा ४.९ म्याग्निच्युडको भूकम्प

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज २९ गते ७:१९

२९ असोज, काठमाडौं । बझाङमा मध्यराति भूकम्पको धक्का महसुस भएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार गएराति एक बजेर ८ मिनेट जाँदा ४.९ म्याग्निच्युडको भूकम्प गएको थियो ।

भूकम्पको केन्द्रबिन्दु बझाङको दान्तोला क्षेत्र आसपास रहेको केन्द्रले जनाएको छ ।

मध्यरात भूकम्प जाँदा स्थानीयबासीमा त्रास फैलिएको थियो । भूकम्पको धक्का छिमेकी जिल्लाहरुमा समेत महसुस गरिएको थियो ।

स्थानीय प्रहरीले भूकम्पका कारण क्षति भएको विवरण प्राप्त नभएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?