+
+
Shares

नेपाली सेनाद्वारा खप्तडमा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

प्रकाश सिंह प्रकाश सिंह
२०८३ जेठ १३ गते १७:३७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली सेनाले बाजुराको खप्तडमा आयोजित गङ्गादशहरा मेलाका अवसरमा तीनदिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ।
  • शिविरबाट २२९ महिला र २२७ पुरुष गरी कुल ४५६ जना तीर्थालु तथा पर्यटक लाभान्वित भएका छन्।
  • चार जिल्लाको सङ्गमस्थल खप्तडमा लागेको यस वर्षको मेलामा करिब ५ हजार ६ सय श्रद्धालु भक्तजन सहभागी भएका थिए।

१३ जेठ, बाजुरा । नेपाली सेनाले धार्मिक तथा पर्यटकीय क्षेत्र खप्तडमा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ ।

खप्तडमा लागेको गंगादशहरा मेलाको अवसरमा नेपाली सेनाले शिविर सञ्चालन गरेको थियो । खप्तड राष्ट्रिय निकुञ्जमा अवस्थित समरजीत गुल्म खप्तड व्यारेक बाजुराले खप्तड पुग्ने तीर्थालु तथा पर्यटकहरूलाई लेक लाग्ने तथा बिरामी हुने भन्दै मेला अवधिभर नै शिविर आयोजना गरेको सेनाले वताएको छ ।

खप्तडमा प्रत्येक वर्ष जेठ शुक्ल दशमीका दिन गंगादशहरा मेला लाग्ने गर्दछ । यो बर्ष जेठ १०, ११ र १२ गते गंगादशहरा मेला लागेको थियो ।

मेलाको अवसरमा आयोजित नि:शुल्क स्वास्थ्य शिविरमा साढे ४ सय बढीले सेवा लिएको समरजीत गुल्म खप्तड व्यारेक बाजुराका गुल्मपति अनुपम अर्यालले बताए । उनका अनुसार स्वास्थ्य शिविरमा २ सय २९ महिला र २ सय २७ पुरुष गरी ४ सय ५६ जना तीर्थालु तथा पर्यटकहरूको तीन दिनसम्म नि:शुल्क रुपमा स्वास्थ्य चेकजाँच, उपचार र औषधि वितरण गरिएको छ ।

पर्यटक तथा भक्तजनहरूको स्वास्थ्यमा हुने अनेक समस्या तथा स्वास्थ्य सेवा प्रदान गर्ने उदेश्यका साथ गुल्मले नेपाली सेनामा कार्यरत प्राविधिक उपसेनानी डाक्टर कामना मल्ल सहितको चेकजाँच टोलीले  नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको सेनाले बताएको छ ।

अक्सिजन चाइने बिरामीका लागि अक्सिजनको समेत व्यबस्थापन गरेको थियो । सेनाले मेलामा आएकालाई बस्न, खानलागयत अन्य कुनै समस्या नहोस् भनेर पालको व्यवस्था गरेको थियो । मेलामा आएका भक्तजनहरूका लागि हरेक वर्ष सेनाले नि:शुल्क स्वास्थ्य शिविरको आयोजना गर्दै आएका जनाएको छ ।

बाजुरा, बझाङ, अछाम र डोटी गरी चार जिल्लाको संगमस्थल खप्तडमा लागेको गंगादशहरा मेलामा यस वर्ष पनि सुदूरपश्चिमसहित देशका विभिन्न ठाउँबाट भक्तजन तथा पर्यटक मेला भर्न पुगेका थिए । यस्तै समरजीत मुल्म खप्तड व्यारेक बाजुराका अनुसार यस बर्षको गंगादशहरा मेलामा करिव ५ हजार ६ सय जना श्रद्धालु भक्तजनहरू उपस्थिति भएका छन् ।

समरजीत गुल्म, खप्तड राष्ट्रिय निकुञ्ज कार्यालय, मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति, खप्तड पर्यटन व्यवस्थापन समिति लगायतका संघ संस्थाहरूको समन्वय गरी मेला सुरक्षित तथा व्यवस्थित रुपमा सम्पन्न भएको जनाएको छ । यस बर्षको गंगादशहरा मेलामा खप्तड त्रिवेणी मन्दिरमा धार्मिक पूजाआजासँगै भलिबल प्रतियोगिता, घोडा दौड, देउडा लगायतका सांस्कृतिक कार्यक्रमहरू पनि सञ्चालन गरिएको थियो ।

खप्तड राष्ट्रिय निकुञ्जमा गंगादशहरा मेलासँगै त्रिवेणी मन्दिर, खप्तड बाबाको आश्रम, नाग ढुङ्गा, पाटन, खापर दह, केदार ढुङ्गा, सहस्रलिङ आदि धार्मिक तथा पर्यटकीय स्थलहरू मुख्य आकर्षणका केन्द्रहरू मानिन्छन् । भू–स्वर्गका रुपमा वर्णन गरिने खप्तड एक प्रकृतिको उपहारसँगै धार्मिक आस्थाको धरोहरका रुपमा पनि परिचित छ ।

लेखक
प्रकाश सिंह

परोपकारी पत्रकारितामा रूचि राख्ने सिंह बाजुराका पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?