News Summary
Generated by OK AI. Editorially reviewed.- कैलालीको बर्दगोरिया गाउँपालिका–३ बौनियाका ४५ वर्षीय पदम विश्वकर्मा छातीमा गोली लागेको अवस्थामा मृत फेला परेका छन् ।
- उनी मंगलबार साँझ साढे ८ बजेतिर लालीगुराँस सामुदायिक वनमा मृत भेटिएका हुन्, र घटनास्थलबाट भरुवा बन्दुक बरामद भएको छ ।
- वडाध्यक्ष मनऋषि आचार्यका अनुसार विश्वकर्मा सिकार खेल्न जंगल गएको बुझिएको छ, र प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
३ भदौ, धनगढी । कैलालीमा छातीमा गोली लागेको अवस्थामा एक जना पुरुष मृत भेटिएका छन् । मृत भेटिनेमा बर्दगोरिया गाउँपालिका–३ बौनियाका अन्दाजी ४५ वर्षीय पदम विश्वकर्मा रहेका छन् ।
प्रहरीकाअनुसार उनी मंगलबार साँझ साढे ८ बजेतिर स्थानीय लालीगुराँस सामुदायिक वनमा मृत अवस्थामा फेला परेका हुन् । उनी मृत भेटिएको स्थानमा भरुवा बन्दुक पनि फेला परेको छ ।
इलाका प्रहरी कार्यालय सडकपुर बौनियाकाअनुसार उनको देब्रे हातको छातीतर्फको भागमा गोली लागेको जस्तो देखिने घाउ रहेको पाइएको छ ।
प्रहरीले घटनास्थलमा भेटिएको भरुवा बन्दुक बरामद गरी घटनाबारे थप अनुसन्धान गरिहेको छ ।
वडाध्यक्ष मनऋषि आचार्यकाअनुसार उनी सिकार खेल्न जंगल गएको बुझिएको छ । विश्वकर्मा एक्लै थिए वा साथमा अन्य व्यक्ति पनि गएका थिए ? भन्ने कुरा अहिलेसम्म खुलेको छैन ।
मृतक विश्वकर्माको शव परीक्षणका लागि बौनियाकै दोदोधारा अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया 4