News Summary
Generated by OK AI. Editorially reviewed.- सार्वजनिक यातायातमा चोरी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
- पक्राउ पर्नेमा सोलुखुम्बुका ३१ वर्षीय अजय बस्नेत र झापाका ४३ वर्षीय भविन्द्र विक रहेका छन् ।
- उनीहरूले २७ साउनमा बसमा यात्रा गर्दा एक व्यक्तिको सुनको सिक्री चोरी गरेको प्रहरीले जनाएको छ ।
२ भदौ, काठमाडौं । सार्वजनिक यातायातमै चोरी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरूमा सोलुखुम्बु काङ्गेलका ३१ वर्षीय अजय बस्नेत र झापाको दमक नगरपालिका–६ का ४३ वर्षीय भविन्द्र विक छन् । उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।
उनीहरूले २७ साउनमा पुरानो बसपार्कदेखि बिजुली बजारसम्म सार्वजनिक यातायात चढी एक व्यक्तिले गलामा लगाएको सुनको सिक्री चोरी गरी फरार भएको पाइएको प्रहरीले बताएको छ । पक्राउ परेकाहरूलाई कारबाहीका लागि प्रहरी वृत्त सिंहदरबार पठाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4