News Summary
Generated by OK AI. Editorially reviewed.- सशस्त्र प्रहरीले सिरहाका विभिन्न सीमा इलाकाबाट अवैध रूपमा ओसारपसार भइरहेको २६ लाख २९ हजार ९ सय ९३ रुपैयाँ मूल्य बराबरको सामान बरामद गरेको छ।
- बरामद गरिएका सामानहरूमा लत्ताकपडा, कस्मेटिक, किरानाका सामग्री, मदिरा, हार्डवेयरका पार्टपुर्जा तथा बीउबिजन रहेका छन्।
- सशस्त्र प्रहरी सिरहाका प्रमुख एसपी सुमनजंग थापाले बरामद सामान आवश्यक कानुनी प्रक्रिया पूरा गरी सिरहा भन्सार कार्यालयमा दाखिला गरिएको जानकारी दिए।
२ भदौ, सिरहा । सिरहाका विभिन्न सीमा इलाकाबाट सशस्त्र प्रहरीले भारततर्फ अवैध रूपमा लैजाँदै गरेको तथा भारतबाट नेपालतर्फ अवैध रूपमा ल्याउँदै गरेको २६ लाख रुपैयाँभन्दा बढी मूल्यका सामान बरामद गरेको छ।
सशस्त्र प्रहरीका अनुसार आइतबार विभिन्न सीमा क्षेत्रबाट लत्ताकपडा, कस्मेटिक, किरानाका सामान, मदिरा तथा पेय पदार्थ, हार्डवेयरका पार्टपुर्जा, बीउबिजन लगायतका सामग्री बरामद गरिएको हो।
बरामद गरिएका सामानको कुल मूल्य करिब २६ लाख २९ हजार ९ सय ९३ रहेको सशस्त्र प्रहरीले जनाएको छ।
बरामद सामान आवश्यक कानुनी प्रक्रिया पूरा गरी सिरहा भन्सार कार्यालयमा दाखिला गरिएको सशस्त्र प्रहरी सिरहाका प्रमुख एसपी सुमनजंग थापाले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4