+
+
Shares

बाजुरामा एक युवकको हत्या

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ २१ गते ७:१८
सांकेतिक फोटो  

२१ जेठ, धनगढी । बाजुराको बुढीनन्दा नगरपालिका–६ को कोटिलामा एक जनाको हत्या भएको छ । बुधबार राति स्थानीय ३२ वर्षीय निर रावतको हत्या भएको प्रहरीले जनाएको छ ।

आपसी विवादका क्रममा रावतको हत्या भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक नरेश बहादुर शाहीले बताए । हत्यामा संलग्न रहेको आरोपमा १९ वर्षीय टेकेन्द्र रावत पक्राउ परेका छन् ।

उनलाई इलाका प्रहरी कार्यालय बुढीनन्दाको टोलीले रावतलाई गएराति नै पक्राउ गरेको प्रहरी निरीक्षक शाहीले जानकारी दिए ।

अहिले जिप्रकाबाट प्रहरी निरीक्षक शाही नेतृत्वको टोली घटनास्थलतर्फ गइरहेको छ । प्रारम्भिक अनुसन्धानका क्रममा आपसी विवादका क्रममा टेकेन्द्रले निरलाई ढुंगा प्रहार गरेर हत्या गरेको पाइएको प्रहरीको भनाइ छ ।

घटनाबारे थप अनुुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?