+
+
Shares

एमाले सुदूरपश्चिम संसदीय दलका नेता रावलकाे कार्यालयमा युवा संघकाे तालाबन्दी

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत ८ गते १३:१६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय युवा संघ नेपालले नेकपा एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता राजेन्द्र सिंह रावलकाे कार्यालयमा तालाबन्दी गरेकाे छ।
  • युवा संघले रावल सम्पर्कविहीन भएको भन्दै शिघ्र सम्पर्कमा आउन अनुरोध गरेकाे छ।
  • सुदूरपश्चिम प्रदेश सरकारले अस्पताल व्यवस्थापन समितिमा गरेकाे नियुक्तिमा रावलले पार्टीमा परामर्श नगरेको भन्दै एमालेमा असन्तुष्टि चुलिएको छ।

८ चैत, धनगढी । राष्ट्रिय युवा संघ नेपालले नेकपा एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता राजेन्द्र सिंह रावलकाे कार्यालयमा तालाबन्दी गरेकाे छ ।

पूर्व मुख्यमन्त्री समेत रहेका रावलकाे प्रदेश सभास्थित दलकाे कार्यालयमा आइतबार दिउँसो राष्ट्रिय युवा संघ कञ्चनपुर कृष्णपुर नगर कमिटीले तालाबन्दी गरेकाे हाे ।

युवा संघले रावल सम्पर्कविहीन भएको भन्दै तालाबन्दी गरिएको जनाएको छ भने शिघ्र सम्पर्कमा आउन अनुराेध गरेकाे छ ।

सुदूरपश्चिम प्रदेश सरकारले विभिन्न अस्पताल व्यवस्थापन समितिमा गरेकाे नियुक्तिमा रावलले पार्टीमा सरसल्लाहमा नगरेकाे भन्दै एमालेमा असन्तुष्टि चुलिएको छ ।

पार्टीकाे सुदूरपश्चिम प्रदेश कमिटीले राजनीतिक नियुक्ति गर्ने विषय संसदीय दल र प्रदेश सरकारले परामर्श नगरेकाे भन्दै पार्टी केन्द्रलाई समेत जानकारी गराइसकेको स्रोत बताउँछ ।

प्रदेश कमिटी अध्यक्ष कृष्णप्रसाद जैशीले पनि याे विषयमा पार्टी केन्द्रलाई जानकारी गराएकाे बताए ।

उनकाअनुसार अस्पताल व्यवस्थापन समितिका पदाधिकारी तथा सदस्य नियुक्त गर्दा दलका नेताले पार्टीमा कुनै परामर्श नगरेर एकलाैटी गरेपछि साे विषयमा केन्द्रमा जानकारी गराइएकाे हाे ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?