News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशका महामन्त्री मेघराज खड्काले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको पक्राउको विरोध गरेका छन्।
- खड्काले पक्राउ विधि र प्रक्रिया नपुर्याई पूर्वाग्रही र प्रतिशोधपूर्ण कदम भएको भन्दै घोर निन्दा गरेको उल्लेख गरेका छन्।
- नवगठित सरकारले गौरीबहादुर कार्की संयोजकत्वको आयोगको सिफारिसमा शनिबार बिहान ओली र लेखकलाई हिरासतमा लिएको थियो।
१४ चैत, काठमाडौं । नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशका महामन्त्री मेघराज खड्काले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई गरिएको पक्राउको विरोध गरेका छन् ।
सदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकासमन्त्री खड्काले विधि र प्रक्रिया नपुर्याएर ओली–लेखकलाई पक्राउ गरिएको भन्दै विरोध गरेका हुन् ।
‘पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ विधि र प्रक्रिया नपुर्याई पूर्वाग्रही र प्रतिशोधपूर्ण कदम हो घोर निन्दा गर्दछु,’ उनले सोसल मिडिया प्लेटफर्म ‘एक्स’ पोस्टमा भनेका छन् ।
कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारीहरूले भने पक्राउबारे कुनै प्रतिक्रिया दिएका छैनन् । स्रोतका अनुसार आन्तरिक किचलोमा फसेको कांग्रेसमा ओली–लेखकको पक्राउबारे मतभिन्नता छ ।
नवगठित सरकारले गौरीबहादुर कार्की संयोजकत्वको जाँचबुझ आयोगले गरेको सिफारिसका आधारमा शनिबार बिहान पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई हिरासतमा लिएको थियो ।
प्रतिक्रिया 4