+
+
Shares

ओली–लेखक गिरफ्तारी प्रतिशोध र पूर्वाग्रही : तरुण दल

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत १४ गते १२:२०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल तरूण दलले केपी शर्मा ओली र रमेश लेखकको गिरफ्तारी राजनीतिक प्रतिशोध र पूर्वाग्रहका आधारमा भएको भन्दै आपत्ति जनाएको छ।
  • तरूण दलले सरकारलाई एकपक्षीय निर्णय पुनर्विचार गरी विधि र प्रक्रियाअनुरूप पारदर्शी तथा निष्पक्ष ढंगले अघि बढ्न भनेको छ।
  • तरूण दलले देशको स्थायित्व, राष्ट्रिय एकता तथा सामाजिक सद्भाव कायम राख्न सबै पक्षको साझा दायित्व भएको स्मरण गराएको छ।

१४ चैत, काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरूण दलले केपी  शर्मा ओली र रमेश लेखकको गिरफ्तारीप्रति आपत्ति जनाएको छ ।

पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई राजनीतिक प्रतिशोध र पूर्वाग्रहका आधारमा पक्राउ गरिएको भन्दै तरुण दलले आपत्ति जनाएको हो ।

शनिबार जारी विज्ञप्तिमा ओली र लेखकलाई राजनीतिक प्रतिशोध र पूर्वाग्रहका आधारमा पक्राउ गरिएको उल्लेख छ ।

‘एकपक्षीय र दुराशयपूर्ण कदमहरूले लोकतान्त्रिक मूल्य र विधिको शासनमाथि ठाडो प्रहार गर्नुका साथै देशलाई अनावश्यक द्वन्द्व तथा अस्थिरतातर्फ धकेल्ने गम्भीर खतरा उत्पन्न गराउनेप्रति हाम्रो गहिरो चिन्ता रहेको छ,’ अध्यक्ष विद्धान गुरूङद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

तरुण दलले सरकारलाई एकपक्षीय निर्णयहरू पुनर्विचार गर्न, विधि र प्रक्रियाअनुरूप पारदर्शी तथा निष्पक्ष ढंगले अघि बढ्न र राजनीतिक सहिष्णुता कायम राख्न पनि भनेको छ ।

‘देशको स्थायित्व, राष्ट्रिय एकता तथा सामाजिक सद्भाव कायम राखु सबै पक्षको साझा दायित्व हो भन्ने हामी पुन: स्मरण गराउन चाहन्छौं,’ विज्ञप्तिमा उल्लेख छ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?