+
+
Shares
टेकप्रसाद राईसँग अन्तर्वार्ता :

‘तत्कालै पक्राउ गर्नुपर्ने अवस्था हो जस्तो मलाई लाग्दैन’

कार्यान्वयन गर्ने भनेपछि एउटा अनुसन्धान टिम बनाएर काम अघि बढाउनुपर्थ्यो । चेन अफ कस्टडीको कुरा हुन्छ । घटनास्थल मुचुल्काहरूको विषय आउँछन् । त्यसपछि घटना घटाउने पात्रहरू होलान्, बयानको कामहरू होला । अनि बल्ल न पक्राउको कुरा हुन्छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत १४ गते १३:२१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गत २३ र २४ भदौमा भएको जनेजी आन्दोलन दमनमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्।
  • गौरीबहादुर कार्की आयोगले उनीहरूलाई दोषी ठहर गर्दै कारबाही सिफारिस गरेको थियो र सरकारले त्यसलाई कार्यान्वयन गरेको छ।
  • पूर्वएआईजी टेकप्रसाद राईले पक्राउलाई राजनीतिक घटनासँग जोडेर हेर्नुपर्ने र प्रक्रिया पूरा नगरी तुरुन्तै पक्राउ नहुने बताए।

१४ चैत, काठमाडौं । गत २३ र २४ भदौमा भएको जनेजी आन्दोलमा दमन गरेको घटनामा तत्कालीन प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखक पक्राउ परेका छन् । गौरीबहादुर कार्की आयोगको प्रतिवेदन कार्यान्वय गर्ने सरकारको निर्णयसँगै उनीहरू पक्राउ परेका हुन् । आयोगले उनीहरूलाई दोषी किटान गर्दै कारबाही गर्न सिफारिस गरेको थियो ।

त्यसपछि जरुरी पक्राउ पुर्जी दिएर प्रहरीले दुवै जनालाई पक्राउ गरेको हो । ओलीलाई अहिले त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको छ । लेखकलाई भने प्रहरीको २ नम्बर गण महाराजगञ्जमा राखिएको छ । उनीहरूको पक्राउलाई लिएर अनेक टिकाटिप्पणी भएका छन् । केहीले राजनीतिक प्रतिशोध भन्दै टिप्पणी गरेका छन् । 

यसै सन्दर्शमा अनलाइनखबरले नेपाल प्रहरीका पूर्वएआईजी टेकप्रसाद राईसँगै संक्षिप्त कुराकानी गरेको छ । प्रस्तुत छ एआईजी राईसँग गरिएको संक्षिप्त कुराकानीको अंश ।

गत भदौको जेनजी आन्दोलन छानबिन गर्न बनेको आयोगले कारबाही सिफारिस गरेलगत्तै पूर्वप्रधानमन्की केपी शर्मा ओली र पूर्वगृहमन्त्री पक्राउ परेका छन् । यो पक्राउलाई कसरी हेर्नु भएको छ ?

पहिलो कुरा, गत २३ र २४ भदौमा जुन आन्दोलन भयो त्यसबाट सत्ता परिवर्तन भएको छ । नयाँ सरकार गठन भएको छ । सत्ता परिवर्तन नै भएको अवस्थामा अहिले जुन पक्राउको कुरा छ त्यसलाई फौजदारी भन्दा पनि राजनीति घटनासँग जोडेर हेर्नुपर्छ जस्तो लाग्छ । हामी नीतिभन्दा माथि राजनीति हुन्छ भन्छौं नि त्यो यस्तै बेला हो । यसलाई राजनीति तहबाट हेरिनुपर्थ्यो । राजनीति तहबाट निकास खोजिनुपर्थ्यो ।

तर, छानबिन गर्न बनेको आयोगले नामै तोकेर कारबाही सिफारिस गरेपछि कार्यान्वयन गर्ने जिम्मा त सरकारको होइन र ?

कारबाही नै गर्ने भए पनि त्यसको पनि प्रक्रिया हुन्छ नि । तत्कालै पक्राउ गर्नुपर्ने अवस्था हो जस्तो मलाई लाग्दैन ।

कसरी कारबाहीमा जान सक्थ्यो त सरकार ?

कार्यान्वयन गर्ने भनेपछि एउटा अनुसन्धान टिम बनाएर काम अघि बढाउनुपर्थ्यो । चेन अफ कस्टडीको कुरा हुन्छ । घटनास्थल मुचुल्काहरूको विषय आउँछन् । त्यसपछि घटना घटाउने पात्रहरू होलान्, बयानको कामहरू होला । अनि बल्ल न पक्राउको कुरा हुन्छ ।

देशको प्रमुख कार्यकारी भएर शासन सत्ता चलाइसकेका मान्छे तुरुन्तै भाग्ने अवस्था पनि थिएन । जसमा प्रक्रिया नपुगेको देख्छु ।

यसको असर के पर्न सक्छ ?

तत्कालै पक्राउ परेपछि यसलाई प्रतिशोधको रूपमा लिएर एमालेले प्रदर्शन गर्ने भन्ने पनि सुनिएको छ । यस्ता घटनाहरूले फेरि अर्को द्वन्द्वमा जाने जोखिम बढाउँछ । हामीलाई चाहिएको त शान्ति र समृद्धि हो नि ।

सरकार २३ भदौको घटनामा मात्रै केन्द्रित भयो भन्ने आरोपलाई के भन्नुहुन्छ ?

मिडियाबाट सार्वजनिक भएपछि मात्र सरकारले प्रतिवेदन सार्वजनिक गर्‍यो । मैले पूरै प्रतिवेदन पढेको छैन । प्रतिवेदन नै नपढी त्यसभित्रको कन्टेन्टमा प्रतिक्रिया दिनु उचित हुँदैन ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?