सचिवालय बैठकका निर्णय जानकारी दिँदै एमाले महासचिव शंकर पोखरेल । तस्वीर : आर्यन धिमाल/अनलाइनखबर ।
News Summary
Generated by OK AI. Editorially reviewed.- नेकपा एमालेले अध्यक्ष पक्राउको विरोधमा १४ चैत दिउँसो ३ बजे जनसंगठनहरूलाई सडकमा प्रदर्शन गर्न निर्देशन दिएको छ।
- एमाले सचिवालयले अध्यक्ष ओली पक्राउपछि आकस्मिक बैठक डाकेर विरोध प्रदर्शन गर्ने निर्णय गरेको छ।
- अध्यक्ष ओलीलाई गुण्डुबाट नियन्त्रणमा लिएर महराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य परीक्षणका लागि भर्ना गरिएको छ।
१४ चैत, काठमाडौं । नेकपा एमालेले आफ्ना अध्यक्ष पक्राउको विरोधमा जनसंगठनहरूलाई सडकमा उतार्ने निर्णय गरेको छ ।
एमाले सचिवालयको आकस्मिक बैठकले आज शनिबार दिउँसो ३ बजे जनसंगठनहरूको तर्फबाट विरोध प्रदर्शन गर्ने निर्णय गरेको हो । एमालेका जनसंगठन २३ वटा छन् ।
एमाले अध्यक्ष पक्राउ परे त्यसको प्रतिरोधमा उत्रने हिजो नै विज्ञप्ति निकालेर सरकारलाई चेतावनी दिएका थिए ।
आज बिहान सबेरै एमाले अध्यक्ष ओलीलाई उनको निवास गुण्डुबाट प्रहरीले नियन्त्रणमा लिएको थियो । अध्यक्ष ओली पक्राउ परेपछि सचिवालयको आकस्मिक बैठक डाकिएको थियो ।
स्वास्थ्य परीक्षणका लागि महराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल पुर्याइएका ओलीलाई भर्ना गरिएको छ ।
१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4