News Summary
Generated by OK AI. Editorially reviewed.- नेकपा एमालेको सचिवालय बैठक बिहान ११ बजे बस्ने भनिए पनि दिउँसो ३ बजेसम्मका लागि सारिएको छ।
- बैठकमा २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका समानुपातिक उम्मेदवारको बन्दसूची निर्वाचन आयोगमा बुझाउने विषयमा छलफल हुनेछ।
- एमालेले समानुपातिक उम्मेदवारहरूको नाम संकलन गरिरहेको छ।
१३ पुस, काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक दिउँसो ३ बजेसम्मका लागि सरेको छ । बैठक बिहान ११ बजे बस्नेगरी बोलाइएको थियो ।
११औं महाधिवेशनबाट निर्वाचित पदाधिकारीहरू सम्मिलित सचिवालय बैठक पहिलोपटक बस्न लागेको हो । केही तयारी नपुगेकाले बैठक दिउँसो ३ बजेसम्मका लागि सारिएको एक पदाधिकारीले जानकारी दिए ।
२१ फागुनका लागि तय गरिएको प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फका उम्मेदवारको नाम रहने बन्दसूची निर्वाचन आयोगमा बुझाउनु पर्ने भएकाले यही विषयमा बैठक केन्द्रित रहने ती नेताको भनाइ छ ।
एमालेले समानुपातिकको बन्दसूचीका लागि उम्मेदवारहरूको नाम संकलन गरिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4