+
+
Shares

एमाले सचिवालय बैठकमा आज बोल्ने छन् यी नेता

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज २६ गते १२:५४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा एमालेको सचिवालय बैठकमा जेन-जी आन्दोलनपछिको राजनीतिक घटनाक्रम र पार्टी पुनर्गठनको बहस भइरहेको छ।
  • बैठकमा २१ फागुनका लागि आह्वान गरिएको मध्यावधि निर्वाचनसम्बन्धी एजेन्डा तय गर्ने तयारी भइरहेको छ।
  • पार्टी अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व त्याग्नुपर्ने धारणा बलियो हुँदै गएको र पूर्वराष्ट्रपति विद्या भण्डारीको सदस्यता नवीकरणबारे पुनर्विचार गरिनुपर्ने प्रस्ताव उठाइएको छ।

२६ असोज, काठमाडौं। नेकपा एमालेको सचिवालय बैठक चलिरहेको छ।

जेन-जी आन्दोलनपछिको राजनीतिक घटनाक्रम, पार्टीमा चलिरहेको पुनर्गठनको बहस, २१ फागुनका लागि आह्वान गरिएको मध्यावधि निर्वाचनलगायत आसन्न केन्द्रीय कमिटी बैठकमा प्रस्तुत गरिने एजेन्डा तय गर्न बैठक बसिरहेको हो।

आजको बैठकमा उपमहासचिव पृथ्वीसुब्बा गुरूङ, विष्णु रिमाल, सचिवहरू योगेश भट्टराई, गोकर्ण विष्ट, छविलाल विश्वकर्मा, रघुवीर महासेठ, पद्मा अर्याल, लेखराज भट्टले धारणा राख्ने छन्।

यसअघि शुक्रबार वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरु अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, सुरेन्द्र पाण्डे, रामबहादुर थापा बादल, गुरु बराल, उपमहासचिव प्रदीप ज्ञवालीले धारणा राखिसकेका छन्।

शुक्रबार बसेको बैठकको अधिकांश समय पार्टी पुनर्गठनको विषयमा केन्द्रीत रहेको नेताहरुले बताएका छन्। आइतबार पनि यही विषयमा मुख्य छलफल हुने अनुमान गरिएको छ।

जेन-जी आन्दोलनको कारण प्रधानमन्त्रीबाट राजीनामा दिन बाध्य भएका पार्टी अध्यक्ष केपी शर्मा ओलीले अब पार्टी नेतृत्व पनि त्याग्नुपर्ने धारणा बैठकमा बलियो हुँदै गएको छ।

यसअघि केन्द्रीय कमिटीले टुंग्याइसकेको पूर्वराष्ट्रपति विद्या भण्डारीको पार्टी सदस्यता नवीकरण नगर्ने निर्णयमाथि समेत पुनर्विचार गरिनुपर्ने धारणा नेताहरुले व्यक्त गरेका छन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?