४ मंसिर, काठमाडौ । नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे केन्द्रीय कार्यालय च्यासलमा बस्ने केन्द्रीय प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।
गौतमका अनुसार यो सचिवालय बैठकले महाधिवेशन सम्बन्धी निर्णयहरू गर्नेछ । ‘महाधिवेशनको तयारी गर्न उपसमितिहरू बनाउनुपर्नेछ, अरू तयारीका निर्णय पनि हुनेछ,’ उनले भने ।
जेनजी आन्दोलनका क्रममा जलेको कार्यालय मर्मतपछि पहिलोपटक सचिवालय बैठक च्यासलमा बस्न लागेको हो । यसअघि एमालेका बैठक भक्तपुरको गुण्डुस्थित अध्यक्ष केपी शर्मा ओलीको निवासमा बस्ने गरेको थियो ।
च्यासलस्थित पार्टी कार्यालय हाल आंशिक सञ्चालनमा छ । संगठन विभाग र संसदीय दलको बैठक च्यासलमा बसिसकेको छ । ‘तर पार्टी सचिवालयको बैठक भने पहिलोपटक बस्न लागेको हो,’ गौतमले भने ।
प्रतिक्रिया 4