Photo Credit : अध्यक्षको सचिवालय ।
ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा बसेको एमाले सचिवालय बैठक ।
News Summary
Generated by OK AI. Editorially reviewed.- नेकपा एमालेको सचिवालय बैठक ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा सुरु भएको छ।
- बैठकमा समानुपातिक उम्मेदवारको विषयमा मुख्य छलफल भइरहेको नेताहरूले बताएका छन्।
- एमालेले आगामी २१ फागुनको प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक उम्मेदवारको प्रारम्भिक सूची तयार पारेको छ।
१३ पुस, काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ । ११औं महाधिवेशनबाट निर्वाचित पदाधिकारीहरू रहेको सचिवालयको यो पहिलो बैठक हो ।
ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा जारी बैठकमा समानुपातिक उम्मेदवारका विषयमा मुख्य छलफल रहेको नेताहरूले बताएका छन् ।
आगामी २१ फागुनका लागि तय गरिएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा सहभागी हुने दलहरूलाई निर्वाचन आयोगले भोलिसम्ममा समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची बुझाउन मिति तोकेको छ ।
यसका लागि एमालेले उम्मेदवारहरूको प्रारम्भिक सूची तयार पारिसकेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलले तयार पारेको प्रारम्भिक सुचीमाथि जारी बैठकमा छलफल भइरहेको नेताहरूले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4