३ पुस, काठमाडौं । स्व. प्रा.डा. कुलानन्द लाल दासको स्मृतिमा अक्षय कोष स्थापना गरिएको छ ।
गरिब तथा जेहन्दार विद्यार्थीलाई वार्षिक छात्रवृत्ति र गम्भीर बिरामीलाई उपचारमा आर्थिक सहयोग उपलब्ध गराउने उद्देश्यले अक्षय कोष स्थापना गरिएको दासका परिवारका सदस्यहरूले जानकारी दिए ।
स्व. दासको स्मृतिमा उनका धर्मपत्नी रम्भा देवी दास, छोराहरू सुभाषकुमार दास र मनिष दासले साढे ५ लाख बढीको अक्षय कोष स्थापना गरेका हुन् ।
मनिष दासले आइतबार चित्रगुप्त समितिलाई अक्षय कोषका लागि ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँको चेक हस्तान्तरण गरेको समितिका अध्यक्ष महेश दासले जानकारी दिए ।
वीरगञ्ज महानगरपालिका-१ का दास वरिष्ठ शिक्षाविद् समेत थिए । चित्रगुप्त संरक्षक परिषद्का पूर्वअध्यक्ष समेत रहेका दास ठाकुरराम बहुमुखी क्याम्पसमा प्राध्यापक समेत थिए ।
प्राध्यापक डा. कुलानन्द लाल दासका सुपुत्र मनिष दासले स्व. बुबाको स्मृतिमा अक्षयकोष स्थापना गरी चित्रगुप्त समिति मार्फत गरिब जेहन्दार विद्यार्थीलाई वार्षिक छात्रवृत्ति र गम्भीर बिरामीलाई उपचारमा आर्थिक सहयोग उपलब्ध गराउने उद्देश्यले बुबाको सम्झनामा अक्षय कोष स्थापना गरिएको मनिष बताउँछन् ।
दाता परिवारबाट प्राप्त रकमबाट विपन्न तथा जेहेन्दार विद्यार्थीलाई वार्षिक छात्रवृत्ति उपलब्ध गराइने समितिका अध्यक्ष महेश दासले बताए । साथै विपन्न परिवारका बिरामीलाई औषधि उपचार सहयोग गरिने छ ।
प्रतिक्रिया 4